बेलौरीमा मेयर कमला वोहराका पक्षमा जनलहर

बेलौरीमा मेयर कमला वोहराका पक्षमा जनलहर

एमालेले अहिले पहिलेको मतलाई संरक्षण गर्दै अहिले मेयरमा महिला उम्मेदवार वोहरा र उपमेयरमा जोगराम थारुलाई उठाएको भएकाले महिला, युवा, थारु, दलित, आदिवासी जनजातिको मत पाएर जित्ने बताएको छ ।


बेलौरीमा मेयर कमला वोहराका पक्षमा जनलहर

काठमाडौँ, । नेकपा (एमाले)ले कन्चनपुरको बेलौरीमा घरदैलो अभियान संचालन तीव्र बनाएको छ । 

उम्मेदवारी दर्तासंगै एमालेबाट मेयरका उम्मेदवार कमला बोहरा र उपमेयरका उम्मेदवार जोगराम चौधरीले घरदैलो अभियानलाई तीव्र बनाएका हुन् । 
विहानदेखि साँझसम्म जनताको घरदैलामा गएर मेयर र उपमेयर सहित पार्टी पंक्तिले घरदैलो कार्यक्रम शुरु गरेको हो । 

घरदैलोमा कार्यक्रम नेता तथा कार्यकर्ता सहित युवा, महिला सवै सहभागि रहेका छन् । बेलौरीमा एमाले प्रचारमा उत्साहजनक सहभागिता देखिएको छ । मतदाताको मेयर बोहरालाई समानुभूति रहेको छ । 

 विगतमा मेयरले प्रतिवद्धता अनुसार काम गर्न नसकेपछि अहिले बेलौरीका मतदाता नयाँ मेयरको खोजिमा रहेका छन् । 

यसअघि माओवादी केन्द्रबाट निर्वाचित भएका पोतिलाल थारुले प्रतिवद्धता अनुसार काम नगरेको बैलारीबासीले बताएका छन् । पहिलेका मेयर चौधरीले प्रतिवद्धता अनुसार केही नै काम नगरेकोले बैलौरीले यसपटक  पढेलेखेको महिला उम्मेदवार कमला वोहरालाई नै जिताउने बताएका छन् । 

२०७४ सालमा एमाले पक्षका मेयरका उम्मेदवार लाई झिनो मतले पराजित गर्दै माओवादीका मेयरका उम्मेदवार पोतिलाल थारु बिजय भएका थिए । त्यतिवेला एमालेबाट मेयरका उम्मेदवार पल्लवराज भट्ट झिनो मतले थारुसंग पराजित भएका थिए । 

एमालेले अहिले पहिलेको मतलाई संरक्षण गर्दै अहिले मेयरमा महिला उम्मेदवार वोहरा र उपमेयरमा जोगराम थारुलाई उठाएको भएकाले महिला, युवा, थारु, दलित, आदिवासी जनजातिको मत पाएर जित्ने बताएको छ । 

यसपटक भने फेरि माओवादीतर्फबाट मेयरका उम्मेदवार बनेका थारुलाई बेलौरीका जनताले मतदान नगरी नयाँ मेयरको खोजिमा रहेका छन् । कृषि अनुदानको घोटाला, नगरको भौतिक पूर्वाधारमा प्रगति शून्य, शिक्षा स्वास्थ्यमा गुणस्तर ल्याउन नसकेको नगरबासीको आरोप रहेको छ । 

कानून र राजनीतिशास्त्रमा स्नातकोत्तर तह उत्र्तिण गरेकी महिला उम्मेदवार कमला वोहरालाई यसपटक बैलौरीबासीले मतदान गरेर मेयरमा निर्वाचित गर्ने छन् । 
सानैदेखि विद्यार्थी राजनीतिकमा सक्रिय कमला वोहराको क्षमता, योग्यता र  बिजयको आधारमा नै पार्टीले मेयर पदमा उम्मेदवार बनाएको हो । 

सुदुरपश्चिम प्रदेशकी उदाउँदो युवा नेतृको रुपमा रहेकी उनी मेयरमा बनेर पिछडिएको नगरलाई समृद्धको वाटोमा डो¥याउन चाहन्छिन् ।  

झण्डै डेढ बर्ष कन्चनपुरको भूमि समस्या सामाधन आयोगका अध्यक्ष समेत रहेकी उनले भूमिहिन, सुकम्बासी जनताका पक्षमा समेत काम गरेकी छन् । 

सत्तागठबन्धन नभएको वेलौरीमा माओवादी केन्द्र र समाजवादीको गठबन्धन भने रहेको छ भने कांग्रेस पनि एक्लै चुनावी मैदानमा रहेको छ । सत्तागठबन्धनबीच बेमेल भएको वेला बेलौरीकी चेली कमला वोहरालाई नगरबासीले इतिहास रचाउन पक्षमा रहेका छन् । 

 

मेयरकी उम्मेदवार वोहराका निःशुल्क शिक्षा, स्वास्थ्य खानेपानी र रोजगारी प्रमुख एजेण्डा रहेको छ  । अहिले तिनै एजेण्डा आफ्नो घोषणापत्रमा समेटदै उनी जनताको घरदैलोमा पुगेकी छन् । 

अनेरास्ववियुबाट विद्यार्थी राजनीतिक गरेकी उनी झण्डै १२ बर्ष अखिलमा काम गरिन् । अखिलमा हुँदा नै एक पटक केन्द्रीय सदस्य र दुई पटक सचिवालय सदस्यमा सर्वाधिक मत लिएर निर्वाचित भइन् । 

शुरुमा कन्चनपुर एमालेको जिल्लाको जिल्ला सचिवाल हुँदै तत्कालिन नेकपा (माओवादी केन्द्र)संग पार्टी एकता भएपछि वोहरालाई प्रदेश कमिटी सदस्य भइन् । प्रदेश कमिटीमा हुँदै उनी अहिले एमालेको चितवनमा भएको दशौं महाधिवशेनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन् । उनी अहिले कन्चनपुरका जिल्लाको पार्टी सहइन्चार्ज  पनि हुन्  ।

बैशाख ३० गते आउन अव १२ दिनमात्र बाँकी रहेको बेला कमला बोहराका पक्षमा माहौल बन्दै गएको बताइएको छ ।  

 


प्रकाशित मिति: आइतबार, १८ बैशाख, २०७९, १७:५८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९