उम्मेदवारले खर्च बैंक खातावाट गर्न आयोगको निर्देशन

उम्मेदवारले खर्च बैंक खातावाट गर्न आयोगको निर्देशन


उम्मेदवारले खर्च बैंक खातावाट गर्न आयोगको निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी वैशाख ३० गतेका हुने स्थानीय तहको निर्वाचनका उम्मेदवारले खर्च गर्दा बैक खाताबाट सञ्चालन गर्न निर्देशन दिएको छ  ।

आयोगले आज विज्ञप्ति जारी गर्दै निर्वाचन आचारसंहिता, २०७८ मा उम्मेदवारले निर्वाचन सम्बन्धी खर्च गर्दा बैङ्क वा वित्तीय संस्थामा खाता खोली गर्नु पर्ने व्यवस्था व्यवस्था अनुसार यस्तो निर्देशन दिएको आयोगका प्रवक्ता तथा  सहसचिव शालिग्राम शर्माले जानकारी दिए ।

निर्वाचन आयोग ऐन, २०७३ ले निर्वाचन खर्च सम्बन्धी व्यवस्था गरेको छ । उम्मेदवारले निर्वाचन सम्बन्धी खर्च गर्दा उसको तर्फबाट खर्च गर्ने जिम्मेवार पदाधिकारी तोक्नुपर्ने, यसरी तोकिएका पदाधिकारीको नाम नामेसीसहितको विवरण उम्मेदवारले निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन कार्यालयमा जानकारी गराउनुपर्ने, राजनीतिक दलले निर्वाचन सम्बन्धी खर्च गर्दा बैङ्क खाता मार्फत दलले तोकेको जिम्मेवार पदाधिकारीद्वारा खर्च गर्नुपर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यस्तै पच्चीस हजार रुपैयाँभन्दा बढी आर्थिक सहयोग प्राप्त गर्दा बैङ्क वा वित्तीय संस्था मार्फत गर्नुपर्ने, व्यक्ति वा संस्थाबाट चन्दाको रूपमा नगद लिएमा उक्त रकम बुझेको रसिद वा भरपाई दिई उम्मेदवारको वा राजनीतिक दलको बैङ्क खातामा जम्मा गर्नुपर्ने, खर्चको विवरण तथा बिल भरपाई राख्नु पर्ने, आम्दानी तथा खर्चको विवरण प्रचलित कानुन बमोजिम आयोगले तोकेको ढाँचामा निर्वाचन कार्यालय वा आयोगमा बुझाउनुपर्ने आयोगले जनाएको छ ।


प्रकाशित मिति: मंगलबार, २० बैशाख, २०७९, २१:२७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९