टीकापुरमा गठबन्धनभित्र असन्तुष्टि, बागी उम्मेदवारले एमालेलाई फाइदा

टीकापुरमा गठबन्धनभित्र असन्तुष्टि, बागी उम्मेदवारले एमालेलाई फाइदा


टीकापुरमा गठबन्धनभित्र असन्तुष्टि, बागी उम्मेदवारले एमालेलाई फाइदा

काठमाडौँ, । टीकापुर नगरपालिकामा नेकपा (एमाले)का उम्मेदवारको पक्षमा उत्साह छाएको छ । सत्तागठबन्धन नभएको अवस्थामा टीकापुर नगरीमा एमालेको पक्षमा जनलहर छाएको छ । सत्तापक्ष पार्टीबीच नै चरम असन्तुष्टि जनाउँदै वागी उम्मेदवार बन्दा एमालेको जित सुनिश्चित रहेको छ ।

गठबन्धनप्रति असन्तुष्टि जनाउँदै माओवादी र विपी कांग्रेसबाट उम्मेदवार बनेका छन् । यसले एमालेलाई प्रत्यक्ष फाइदा पुगेको छ । एमालेले मेयरमा श्याम खत्री र उपमेयरमा उपमा केसीलाई उम्मेदावर बनाएको छ । खत्री पार्टीका पुराना नेता तगा टिकापुरका विभिन्न सामाजिक काममा क्रियाशिल रहेर जनता समक्ष भिजेका नेता हुन् भने केसी पनि टिकापुरमा महिला पक्षमा वकालत गर्दै आएकी नेतृृ हुन् ।

माओवादीका प्रदेश कमिटी सदस्य शिव थापा मेयर र कांग्रेसबाट विद्रोह गदै विपी कांग्रेसबाट उपमेयरमा मीना साउँद उम्मेदवार बनेकी छन् । थापा २०७४ सालका निर्वाचनमा मेयर पदमा उम्मेदवार बन्दा दोस्रो भएका थिए भने साउँद गत स्थानीय तहको निर्वाचनमा  कांग्रेसबाट मेयरका उम्मेदवार बनेका जंगवहादुर साउदकी छोरी हुन् । 

माओवादी केन्द्र गत स्थानीय तहको निर्वाचनमा चौथौ स्थान भएको कांग्रेसलाई मेयरमा उम्मेदवार बनाएकोले असन्तुष्टि जनाएका छन् । यसरी माओवादी केन्द्र र कांग्रेसबाट नै मेयरमा वागी उम्मेदवार बन्दा एमालेलाई फाइदा भएको छ । टीकापुरमा एमालेलाई आफ्नो वर्चश्व कायम सजिलो भएको छ ।

यसअघि टीकापुर २०५४ सालमा रत्नप्रसाद संजाल र २०७४ सालमा तपेन्द्र रावल बिजय भएका थिए । 

२०७४ सालमा एमालेले जितेको टिकापुर माओवादी केन्द्रका शिव थापा मेयरमा वागी उम्मेदवार बन्दा एमालेले पुन आफ्नो कब्जामा रहेको टीकापुरलाई बाहिर जान नदिने भएको छ ।

माओवादीबाट स्वतन्त्र उम्मेदवार बनेका थापा २०७४ सालमा निर्वाचनमा थोरै मतले पराजित भएका थिए । टीकापुरमा लोकप्रिय नेता थापा मेयरमा उठदा एमालेबाट उम्मेदवार बनेका श्याम खत्रिको सम्भावना बलियो  रहेको छ । 

स्वतन्त्र रुपमा मेयर उठेका थापा र विपी कांग्रेसबाट उपमेयरको उम्मेदवार बनेकी साउँदले  कांग्रेसबाट मेयर बनेका नवराज रावलको भोट काट्ने छन् । 

टीकापुरमा एमालेका तर्फबाट मेयर बनेका तपेन्द्र रावलले पाँच ९५९ मतले बिजय भएका थिए । निकतम प्रतिद्धन्दि माओवादी केन्द्रका शिव थापाले  पाँच हजार ६१० मत ल्याएका थिए ।

अहिले उनी गठबन्धनमा असन्तुष्टि जनाउँदै मेयरमा स्वतन्त्र उम्मेदवार बनेका छन् ।  र तेस्रो मधेशी लोकतान्त्रिक फोरम पाँच हजार ५३४ र चौथौ नेपाली कांग्रेसका जंगवहादुर साउँदले पाँच ५१४ मत पाएका थिए । 

एमाले प्रदेश कमिटी सदस्य तथा टीकापुर निर्वाचन परिचालन कमिटीका संयोजक एमालेसंग टीकापुर नगर बनाउने भिजन भएको र अहिले गठबन्धनबीच पनि असन्तुष्टि रहेकोले एमालेको बिजय सुनिश्चित भएको बताउँछन ।

यस्तै नेपाली कांग्रेसबाट वडा नं. १ को प्रवल दावेदार  रहेका वीरेन्द्र कुँबर पनि टिकट नपाएपछि  विपी कांग्रेसका उम्मेदवार बनेका छन् । 

यस्तै टिकापुर पुराना कांग्रेस नेता स्वर्गिय नरवहादुर ठकुल्लाका परिवारले पनि गठबन्धन साथ दिने छैन । उनको परिवारबाट अर्जुन ठकुल्ला वडा नं. २ वडा अध्यक्ष विपी कांग्रेसबाट उम्मेदवार बनेका छन् । विभिन्न वडामा कांग्रेस विभाजित अवस्थामा रहेको छ । 

टीकापुरमा सत्तागठबन्धनबीच मेयर, उपमयेर र वडा नं. १ मा मात्र गठबन्धन बनेकोले अन्य वडामा गठबन्धनबीच नै प्रतिस्पर्धा रहेको छ । 

कैलाली क्षेत्र नं. १ का सांसद रेशम चौधरी जेलमा परेको वेला टीकापुरका जनताको अभिभावकिय जनप्रतिनिधि मेयर रहेकोले पनि एमाले प्रति जनताको भरोसा रहेको छ । 
नागरिक उन्मुक्ति पार्टीबाट मेयरका उम्मेदवार रामलाल चौधरी पनि चुनावी मैदानमा रहेका छन् । उनी वडा नं. ७ का वडाअध्यक्ष हुन् । 

प्रचार कमिटी सदस्य थापाका अनुसार एमाले यतिवेला सांगठनिक रुपमा एकताबद्ध रहेको र टीकापुर निर्माण दुरगामी भिजन रहेकोले बिजयको सुनिश्चित भएको बताए । 
उनले अहिलेका एमलोका उम्मेदवार खत्रीसंग टीकापुरका नगरिको मुहार फेर्ने भिजन तथा स्वास्थ्य र शिक्षामा  निःशुल्क गराउने योजना रहेको बताए । उनले एमालेले गरेका चार बर्षका कामको आधारमा टीकापुरवासीले एमालेप्रति झुकाव रहेको छ । 
एमालेकै पहलमा  रानी जमरा कुलरिया, लम्की टिकापुर सडक निर्माण थालिएको हो ।  जिल्ला कमिटी सचिवालय सदस्य तथा मोर्चा संगठन प्रमुख द्धारिकाप्रसाद न्यौपानेले वलियो जनाधार र सुदृढ संगठन, टोलटोलमा संगठन विस्तारले एमाले जित्ने बताए ।

उनले टीकापुरको मुहार फेर्न एमालेको जस्तै राम्रो एजेण्डा अरु पार्टीसंग नभएकोले अरु पार्टीका प्रभाव नै नरहेको बताए । उनले सत्तापक्षको अप्रवित्र गठबन्धन र त्यसमा पनि धेरै नै असन्तुष्टि रहेकोले जनताको विश्वास लिएको पार्टी एमाले भएकोले  सवैले सूर्यमा मतदान गर्ने बताए । 

एमालेका आक्रमण प्रचार शैलीमा 

टीकापुरमा हाइटेक प्रविधिबाट चुनावी प्रचार थालिएको छ । अनुभवी पुराना पत्रकार सम थापा र मात्रिका तिमिल्सेनाले एमालेका पक्षमा हाइटेक शैलीमा प्रचार प्रसार गरिरहेका छन् । दुवै प्रदेश कमिटी सदस्य र पुराना पत्रकार हुन ।

तिमिल्सेनाले  उम्मेदवारसंग प्रत्येक दिन फेसवुक लाइभ, ट्वीटर, टिकटक, इन्ट्राग्राम मार्फत एमालेका उम्मेदवार जिताउनका लागि प्रचारप्रसारलाई तीव्र बनाएको बताए  । 

 

 


प्रकाशित मिति: बुधबार, २१ बैशाख, २०७९, २०:४१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९