अध्यक्ष ओलीले भोलि बेलौरीको चुनावी सभालाई सम्बोधन गर्ने

अध्यक्ष ओलीले भोलि बेलौरीको चुनावी सभालाई सम्बोधन गर्ने


 अध्यक्ष ओलीले भोलि बेलौरीको चुनावी सभालाई सम्बोधन गर्ने

काठमाडौँ, । नेकपा (एमाले)ले अध्यक्ष केपी शर्मा ओली भोलि (विहिबार) कन्चनपुरको बेलौरी नगरपालिका हुने सभालाई सम्बोधन गर्न जाने भएका छन् । 

बेलौरी बजारमा दिउँसो २ बजे हुने चुनावी सभालाई सम्बोधन गर्न अध्यक्ष ओली  कन्चनपुरको बेलौरी नगरपालिका आउन थालेका कन्चनपुर एमाले सचिव पल्लवराज भट्टले जानकारी दिनुभयो । 

एमालेले बेलौरीबाट मेयरमा कमला वोहरालाई उठाएको छ । विद्यार्थी राजनीतिकदेखि नै बोहराको योग्यता, क्षमता देखेका ओली उनलाई जिताउन बेलौरीको चुनावी सभालाई सम्बोधन गर्न जान थालेका हुन् । 

अध्यक्ष ओलीले भोलि धनगढीमा पनि एमालेको चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ  । धनगढी उपमहानगरपालिकामा एमालेले रणवहादुर चन्दलाई मेयरमा उठाएको छ । 

एमालेबाट बेलौरीमा मेयरमा वोहरा र उपमेयरमा जोगराम थारु उम्मेदवार बनेका छन्  । 

झण्डै डेढ बर्ष कन्चनपुरको भूमि समस्या सामाधन आयोगका अध्यक्ष समेत रहेकी उनले भूमिहिन, सुकम्बासी जनताका पक्षमा समेत काम गरेकी छन् । 
सुदुरपश्चिम प्रदेशकी उदाउँदो युवा नेतृको रुपमा रहेकी उनी मेयरमा बनेर पिछडिएको नगरलाई समृद्धको वाटोमा डो¥याउन चाहन्छिन् । 

सत्तागठबन्धन नभएको वेलौरीमा माओवादी केन्द्र र समाजवादीको गठबन्धन भने रहेको छ भने कांग्रेस पनि एक्लै चुनावी मैदानमा रहेको छ । सत्तागठबन्धनबीच बेमेल भएको वेला बेलौरीकी चेली कमला वोहरालाई नगरबासीले इतिहास रचाउन पक्षमा रहेका छन् । 

मेयरकी उम्मेदवार वोहराका निःशुल्क शिक्षा, स्वास्थ्य खानेपानी र रोजगारी प्रमुख एजेण्डा रहेको छ  । 
अनेरास्ववियुबाट विद्यार्थी राजनीतिकमा सक्रिय वोहरा अहिले पार्टीको केन्द्रीय सदस्य तथा  कन्चनपुरका जिल्लाको पार्टी सहइन्चार्ज हुन् ।

 


प्रकाशित मिति: बुधबार, २१ बैशाख, २०७९, २२:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९