आयोगले मुख्यमन्त्री भट्टलाई सोध्यो स्पष्टीकरण

आयोगले मुख्यमन्त्री भट्टलाई सोध्यो स्पष्टीकरण


आयोगले मुख्यमन्त्री भट्टलाई सोध्यो स्पष्टीकरण

काठमाडौँ, । निर्वाचन आयोगले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टसँग स्पष्टीकरण सोधेको छ । वैशाख २१ गते नयाँ पत्रिका दैनिकमा प्रकाशित ‘अग्निपीडित मुक्त कमैयाका घर बनाई दिने मुख्यमन्त्री भट्टको प्रतिबद्धता’ शीर्षकमा प्रकाशित समाचार प्रति आयोगको ध्यानाकर्षण भएको भन्दै स्पष्टीकरण सोधेको हो । 

मुख्यमन्त्री भट्टले अग्निपीडित मुक्त कमैया परिवारलाई एकीकृत बस्ती विकास कार्यक्रम अन्तर्गत घर निर्माणका लागि तत्काल प्रति परिवार ५० हजार रुपियाँ दरले राहत दिने प्रक्रिया अगाडि बढेको भनी बताउनुभएको व्यहोरा उल्लेख छ ।

निर्वाचन आचारसंहिता, २०७८ को दफा ५ मा नेपाल सरकार, प्रदेश सरकार, मन्त्री, स्थानीय कार्यपालिका तथा स्थानीय कार्यपालिकाका पदाधिकारीले पालना गर्नुपर्ने आचारणको खण्ड (ख) मा ‘वार्षिक बजेट तथा कार्यक्रममा स्वीकृत भएका बाहेकका अन्य कार्यक्रम गर्न वा नयाँ नीति, योजना वा कार्यक्रमको घोषणा गर्न, स्वीकृत गर्न वा सञ्चालन गर्न नहुने, तर सरुवा रोगको महामारी वा कुनै प्रकृतिका विपद् वा काबु बाहिरको परिस्थिति सिर्जना भएमा आयोगको स्वीकृति लिई त्यस्ता कार्यक्रम सञ्चालन गर्न बाधा पर्ने छैन’ भन्ने व्यवस्था छ ।

आयोगबाट निर्वाचन आचारसंहिता, २०७८ लागू भइसकेको अवस्थामा उक्त आचारसंहिताको प्रतिकूल हुने गरी यहाँले कैलारी गाउँपालिका–७ विपतपुरका अग्निपीडित मुक्त कमैया बस्ती निरीक्षणका क्रममा नयाँ पत्रिका दैनिकमा उल्लेखित विषयवस्तु बोल्नुभएको सम्बन्धमा के कसो भएको हो ? पत्र प्राप्त भएको समयबाट २४ घण्टाभित्र लिखित जवाफ पेश गर्न आयोगले भनेको छ ।

 


प्रकाशित मिति: बुधबार, २१ बैशाख, २०७९, २२:२०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९