टीकापुरमा एमालेको ‘हाइटेक’ चुनावी प्रचार

टीकापुरमा एमालेको ‘हाइटेक’ चुनावी प्रचार


टीकापुरमा एमालेको  ‘हाइटेक’ चुनावी प्रचार

काठमाडौँ, । नेकपा (एमाले)ले टीकापुर नगरपालिकामा हाइटेक प्रविधिबाट चुनावी प्रचार थालिएको छ । 

टीकापुर नगरपालिकामा एमालेका उम्मेदवार मेयरमा श्याम खत्री र उपमेयर उपमा केसीलाई जिताउनका लागि हाइटेक शैलीमा चुनावी प्रचारप्रसार गरिएको छ । 

एमाले सुदुरपश्चिम प्रदेशका प्रदेश सदस्यद्धय तथा पुराना अनुभवी पत्रकारद्धय सम थापा र मात्रिका तिमिल्सेनाले उम्मेदवार र नेता कार्यकतासंग फेसवुक लाइभ, ट्वीटर लाइभ र टिकटक लाइभ गरेर चुनावी प्रसार गरिरहेका छन् । स्टुडियो बनाएर एमालेले उम्मेदवारी दर्ता गरेसंगै प्रचारशैलीलाई आक्रमण बनाएको हो । 

उनीहरुले टीकापुरका चुनावी एजेण्डाबारे उम्मेदवार, नेता तथा कार्यकतासंग साक्षत्कार गर्ने गरेका छन् । निर्वाचन परिचालन कमिटीका सहसंयोजक समेत रहेका थापाले आफूले गर्ने प्रचार शैली मोफसलमा पहिलो पटक भएको दावी गरे । 

निर्वाचन आयोगले पनि ठूलाठूला व्यानर, पम्पलेटमा चुनावी प्रचार प्रसार गर्न नदिएको अवस्थामा एमालेले हाइटेक प्रचार शैली अपनाएको हो । एमालेको चुनावी प्रसार टीकापुर नगरका सवै मतदाता समक्ष पुगेको बताइएको छ । 

टीकापुरमा एमालेको हाइटेक प्रचार देखेर गठबन्धनधारी डराएका छन् । 

गठबन्धनको चरण असन्तुष्टि र वागी उम्मेदवार समेत रहेकोले एमालेको पक्षमा जनमत बढेको पाइएको छ । 

तिमिल्सेनाले उम्मेदवारसंग प्रत्येक दिन फेसवुक लाइभ, ट्वीटर, टिकटक, इन्ट्राग्राम मार्फत एमालेका उम्मेदवार जिताउनका लागि प्रचारप्रसारलाई तीव्र बनाएको बताए  । 

 


प्रकाशित मिति: बुधबार, २१ बैशाख, २०७९, २२:३९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९