केशव स्थापितलाई अयोगको पुनः स्पष्टीकरण

केशव स्थापितलाई अयोगको पुनः स्पष्टीकरण


केशव स्थापितलाई अयोगको  पुनः स्पष्टीकरण

काठमाडौँ । निर्वाचन आयोगले काठमाडौँ महानगरपालिकाको नेकपा एमाले मेयरका उम्मेदवार केशव स्थापितलाई स्पष्टीकरण सोधेको छ ।

मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहमाथि टिप्पणी गरेको भन्दै स्थापितसँग स्पष्टीकरण सोधेको निर्वाचन आयोगले जनाएको हो ।

‘नेपाल कम्युनिष्ट पार्टी एमालेका तर्फाबाट काठमाडौँ महानगरपालिकाको प्रमुख पदको उम्मेदवार केशव स्थापितले सोही महानगरमा प्रतिस्पर्धी उम्मेदवार रहनुभएका बालेन शाहको विषयमा अभिव्यक्ति दिनुभएको सञ्चारमाध्यम तथा सामाजिम सञ्जालबाट जानकारी प्राप्त भएकाले निर्वाचन आचारसंहिता २०७८ अनुकुल नभएकाले सो विषयमा आधार र कारणसहित चौबीस घण्टाभित्र स्पष्टीकरण पेश गर्न आयोगले निर्देशन दिएको छ’ आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ ।

यसअघि यौन दुर्व्यवहारसम्बन्धी प्रश्न सोध्ने प्रश्नकर्तामाथि अमर्यादित व्यवहार गरेको भन्दै आयोगले स्पष्टीकरण सोधेको थियो । गत १५ गते काठमाडौँको एक कलेजमा आयोजित कार्यक्रममा स्थापितलाई यौन दुर्व्यवहारसम्बन्धी प्रश्न सोधिएको थियो ।

 


प्रकाशित मिति: बिहिबार, २२ बैशाख, २०७९, २०:५८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९