आइजीपि बढुवा मुद्दामा सर्वोच्चले अन्तरिम आदेश दिन मानेन

आइजीपि बढुवा मुद्दामा सर्वोच्चले अन्तरिम आदेश दिन मानेन


आइजीपि बढुवा मुद्दामा सर्वोच्चले  अन्तरिम आदेश दिन मानेन

काठमाडौं, । सर्वोच्च अदालतले  प्रहरी महानिरीक्षकमा धीरजप्रताप सिंह नियुक्तिविरूद्ध परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो।
न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासले आज सुनुवाई गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।  

मुद्दाको पूर्ण सुनुवाइ आगामी जेठ १७ गते तोकिएको सर्वोच्च अदालतका सहप्रवक्ता देवेन्द्र ढकालले जानकारी दिए ।

वरियताक्रम मिचेर सिंहलाई आइजिपीमा बढुवा गरिएको भन्दै पहिलो वरियताका एआइजी विश्वराज पोखरेलले अदालतमा रिट निवेदन दिएका थिए । सरकारले केही दिन अघिमात्र पोखरेल भन्दा जुनियर सिंहलाई आइजीपी बनाएको हो । 


प्रकाशित मिति: बिहिबार, २२ बैशाख, २०७९, २१:११

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९