गठबन्धन देश र जनताको पक्षमा भन्दा पनि परिवारवाद र नातावादमा : ओली

गठबन्धन देश र जनताको पक्षमा भन्दा पनि परिवारवाद र नातावादमा : ओली


गठबन्धन देश र जनताको पक्षमा भन्दा पनि परिवारवाद र नातावादमा : ओली

काठमाडौँ, । नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले गठबन्धनका दललाई ‘टालटुली बटुली कति राम्रो पुतलीको’ संज्ञा दिएका छन् ।

आज सुनसरीको इटहरीमा एमालेले आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै उनले गठबन्धन धेरै पार्टी जोडेर बनेकाले यसले कुनै ठोस काम नगर्ने बताए।

उनले यसका साथै अहिलेको गठबन्धन देश र जनताको पक्षमा भन्दा पनि परिवारवाद र नातावादमा लागेको बताए । वडामा त एक्लै चुनाव लडन नसक्नेले देश कसरी चलाउन सक्लान् रु अध्यक्ष ओलीले प्रश्न गरे ।

उनले अहिलेको गठबन्धन गन्तव्यहिन र दृष्टिकोण विहिन भएको समेत बताए। अध्यक्ष ओलीले आगामी आम निर्वाचनबाट एमालेकै नेतृत्वमा सरकार बन्ने बताए ।

उनले गठबन्धनका दललाई मकिएका मकैको ढोडको संज्ञा दिए  । काँग्रेसले टेकेर हिँडेको मकैको ढोडकहि न कहि दुर्घटना हुने निश्चित रहेको उनको भनाई रहेको छ ।

अध्यक्ष ओलीले एमालेले जाती, धर्म, लिङ्ग र सम्प्रदायका आधारमा राजनीति नगर्ने बताए। उनले काँग्रेसले २७ वर्षसम्म नेपालको शासनगर्दा पनि कुनै विकासको खास काम गर्न नसकेको आरोप लगाए । एमाले सरकारमा जाने वित्तिकै लछिन आउने उनको भनाई छ ।


प्रकाशित मिति: शनिबार, २४ बैशाख, २०७९, १७:१६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९