राष्ट्रिय सभागृहमा नमुना मतदान

राष्ट्रिय सभागृहमा नमुना मतदान


राष्ट्रिय सभागृहमा नमुना मतदान


काठमाडौँ, । राष्ट्रिय सभा गृहमा स्थानीय तह निर्वाचनको नमूना मतदान  गरिएको छ। मतदाता शिक्षा अन्तर्गत राष्ट्रिय सभा गृहमा नमुना मतदान गरिएको हो।

नमूना मतदान तालिममा उपस्थित भएकाहरूले गरेका थिए। यस्तै, सर्वसाधारणलाई पनि मतदानको प्रक्रिया देखाइएको थियो। 

आउँदो वैशाख ३० गते  स्थानीय तहको निर्वाचन देशभर एकैपटक हुँदैछ। त्यसका लागि निर्वाचन आयोगले विभिन्न ठाउँमा नमूना मतदान गर्दै तालिमहरू दिँदै आएको छ।
नमुना मतदातामा काठमाडौं उपत्यकाका ११ पालिकाका मतदान अधिकृत र सहायक अधिकृतहरू सहभागी भएका थिए।

निर्वाचन आयोगले सो दिन बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदानको समय निर्धारण गरेको छ। मतादाताले आफूले चाहेको उम्मेदवारलाई मतदान केन्द्रमा पुगेर मत दिन सक्नेछन्।

यही वैशाख ३० गते ३५ हजार २२१ जनप्रतिनिधीको लागि देशभर एकै साथ मतदान  हुँदै छ । 


प्रकाशित मिति: शनिबार, २४ बैशाख, २०७९, १७:२८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९