तीन दिन सीमा नाका बन्द हुने

तीन दिन सीमा नाका बन्द हुने


तीन दिन सीमा नाका बन्द हुने

काठमाडौँ । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै नेपाल–भारत सीमा नाका तीन दिन बन्द हुने भएको छ ।

जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र भारतीका अनुसार भारतसँग सीमा जोडिएको झुलाघाट नाका सोमबारदेखि बन्द हुने भएको हो । निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै वैशाख २७ गते रात्रि १२ बजेदेखि वैशाख ३० गते रात्रि १२ बजेसम्म सीमा बन्द हुने भएको हो ।

सो अवधिमा सीमा नाकामा पूर्ण रुपमा आवतजावत बन्द गरिने उनले बताए । भारतीय अधिकारीसँग समन्वय गरेर नाका बन्द गर्न लागिएको हो । कुनै देशमा चुनाव हुँदा अन्तर्राष्ट्रिय नियमअनुसार सीमा बन्द गरिन्छ । यसैबीच निर्वाचनलाई नै मध्यनजर गरेर सीमा क्षेत्रको सुरक्षा व्यवस्था कडा गरिएको छ ।

बैतडीका १० स्थानीय तहमा १० पालिका प्रमुख, १० उपप्रमुख, ८४ वडाध्यक्ष, र ३३६ वडा सदस्य गरी कूल ४४० पदका लागि निर्वाचन हुँदैछ ।


प्रकाशित मिति: आइतबार, २५ बैशाख, २०७९, १९:२९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९