टीकापुर जित्ने यस्तो छ एमालको हिसाव किताव

टीकापुर जित्ने यस्तो छ एमालको हिसाव किताव


 टीकापुर जित्ने यस्तो छ एमालको हिसाव किताव

काठमाडौँ, । दुई–दुई पटक टीकापुर नगरपालिका जितिसकेको नेकपा (एमाले)ले यसपटक  ह्याट्रिक गर्ने तयारीमा रहेको छ । एमालेले तेस्रो पटक टिकापुर जितेर ह्याट्रिक पर्ने तयारीमा रहेको छ । 

एमालेले मेयरमा श्याम खत्री र उपमेयरमा उपमा केसीलाई उम्मेदावर बनाएको छ ।

यसअघि टीकापुर २०५४ सालमा रत्नप्रसाद संजाल र २०७४ सालमा तपेन्द्र रावल मेयरमा निर्वाचित भइसकेका छन् । टीकापुर दोस्रो पटक रत्नप्रसाद सञ्जालले गरेका विकासका कामले जितेको हो 

टीकापुरमा विकासको सुरुवात २०५४ सालमा  मेयर रत्नप्रसाद संजालले गर्नु भएको हो । टीकापुरमा एमालेप्रति जनताको रुझान त्यतिवेला देखि नै रहेको हो । यसपटकको स्थानीय तहको निर्वाचनमा पनि पहिलेकै जितलाई निरन्तरता दिन टीकापुरमा सजिलो हुने एमाले सुदुरपश्चिम प्रदेश कमिटी सदस्य तथा निर्वाचन परिचालन कमिटीका सहसंयोजक सम थापाले दाबी गरे । “विगतमा गरेको कामको आधारमा हामीले टीकापुर जित्छौ” उनले भने, “हामी टीकापुरको पुरानो बर्चश्व कायम राख्छौ ।”

२०५१ सालको मध्यवधि निर्वाचनमा कैलाली क्षेत्र नं. १ बाट पनि एमालेका हिमाञ्चलराज भट्टराई निर्वाचित भएका हुन् । कैलाली क्षेत्र नं. १ टीकापुर नगरपालिकामा नै पर्दछ । 

नेकपा एमाले टीकापुरले  ११ खम्बे विकास मोडल मार्फत टीकापुरको विकास र समृद्धिको योजना अघि सारेको छ । “यो मोडेलले सम्पूर्ण नगरवासीको भावना र चाहनाको सही ढंगले प्रतिनिधित्व गर्ने भएकोले जित सुनिश्चित छ” थापाको दाबी छ ।  

यस्तै टीकापुर नगरपालिका भित्र १२० मध्ये सय वटा टोल कमिटी एमाले बनाएको छ । “एक बर्षदेखि संगठनलाई वडादेखि टोलीसम्म चयालमान गरेको छ । चुनावभन्दा अगाडि वडा, नगर जिल्ला र महाविधेशन गरेर कार्यकर्ता परिचालन भएका छन,”थापाले भने “हामीभित्र भएको एकता र विगतमा गरेका कामका आधार हामी जित्छौ ।”

एमालेले टीकापुरका जनतालाई जनप्रतिनिधिको अभाव हुन दिएन । संघीय सांसद रेशम चौधरी जेलमा रहेको अवस्थामा पनि एमालेले टीकापुरको अभिभावकिय भूमिकामा ठूलाठूला परियोजना ल्यायो । मेयर तपेन्द्र रावलले पनि टीकापुरका जनतालाई आपसी सद्भाव कायम राखे । 

सरकारको करिब  दुई सय करोडको बजेटमा लम्की – खक्रौला २९.७ किलोमिटर एप्रोच सडक स्तरोन्नती भइरहेकोछ ।  टीकापुर वडा नं. ६ देखि भजनी नगरपालिकासम्म जोड्ने २५ करोड लगानीमा १० किमि पक्की सडक, टीकापुरमा सिटी र आधुनिक बसपार्क बनाउने योजना एमालेकै हो । ल्याण्डमार्कका रुपमा टीकापुरको परिचय दिलाउने घण्टाघर र पार्क गेट एमालेकै सोचको उपलब्धि हो ।

यसैगरी वडा नम्बर ६ मा प्रदेश सरकारको करिब साढे २ करोड रुपैया बजेटमा आम्बासा भगवानपुर र सिमरेनीमा सडक कालोपत्र भइरहेको छ ।

यस्तै रानीजमरा सिंचाई आयोजना र सो आयोजना अन्तर्गत आब २००७७÷०७८ मा २ सय ३५ करोड बजेट विनियोजन गर्ने पहल एमाले टीकापुरकै हो । विगतमा  यस गौरबको आयोजनाका लागि ४०÷५० करोडको सिलिङ हुन्थ्यो । उक्त बजेट मध्ये २७ करोड कृषि कार्यक्रममा मात्र छ । तर पाँच दलिय गठबन्धन सरकारले यो बजेट यो बर्ष खर्च गर्न नसक्ने देखिदा फ्रिज हुने अवस्थामा छ ।

 कृषिको २७ करोड मध्ये हालसम्म दुई करोड मात्र खर्च भएको बताइन्छ । अब यो आर्थिक बर्ष सकिन दुई महिना मात्र बाँकी रहदा २५ करोड फ्रिज हुने अवस्थामा छ । “केन्द्रमा केपी शर्मा ओली नेतृत्वको सरकार हुदा हामीले टीकापुरको विकासका लागि यति धेरै बजेट विनियोजन गरायौं तर गठबन्धन सरकारका संयन्त्रहरुले यो बजेट खर्च नै गर्न सकिरहेका छैनन्” पूर्व पत्रकार समेत रहेका एमाले नेता थापाले भने  ।

यस्तै मुक्त कमैयाका आन्दोलनमा एमालेले नेतृत्व रहेको हो । विभिन्न गैरसरकारी संस्थामार्फत एमालेले मुक्त कमैया आन्दोलन उठान गरेर सफल भएको हो । जसले गर्दा टीकापुरमा रहेका मुक्त कमैयाको मत एमालेमा आउने आउने छ । 

कोरोना भाइरसको समयमा टीकापुर अस्पतालमा ७५ लाख रुपैया बजेटमा अक्सिजन प्लान्ट राखेर  कोरोना भाइरसको रोकथाम र नियन्त्रण गर्न सफल भयो । 

एमाले जिल्ला कमिटी सचिवालय सदस्य तथा जनसंगठन समन्वय विभाग प्रमुख द्धारिकाप्रसाद न्यौपानेले पार्टीका अध्यक्ष केपी शर्मा ओलीको राष्ट्रिय आकांक्षा पुरा गर्ने अभियान टीकापुरले निर्वाचनमा जितेर पुरा गर्ने बताए । सत्तागठबन्धन नभएको अवस्थामा टिकापुर नगरीमा एमालेको पक्षमा जनलहर छाएको उनको भनाई रहेको छ । 

उनले सत्तापक्षको अप्रवित्र गठबन्धन र त्यसमा पनि धेरै नै असन्तुष्टि रहेकोले  जनताको विश्वास लिएको पार्टी एमाले भएकोले  सवैले सूर्यमा मतदान गर्ने बताए । 


यस्तो छ हिसावकिताव 

टीकापुरमा गठबन्धनप्रति असन्तुष्टि जनाउँदै माओवादी र विपी कांग्रेसबाट उम्मेदवार बनेका छन् । यसले एमालेलाई प्रत्यक्ष फाइदा पुगेको छ । 

माओवादीका प्रदेश कमिटी सदस्य शिव थापा मेयर र कांग्रेसबाट विद्राह गदै विपी कांग्रेसबाट उपमेयरमा मीना साउँद उम्मेदवार बनेकी छन् । थापा २०७४ सालका निर्वाचनमा मेयर पदमा उम्मेदवार बन्दा दोस्रो भएका थिए भने साउँद गत स्थानीय तहको निर्वाचनमा  कांग्रेसबाट मेयरका उम्मेदवार बनेका जंगवहादुर साउदकी छोरी हुन् । 

माओवादी केन्द्र गत स्थानीय तहको निर्वाचनमा चौथौ स्थान भएको कांग्रेसलाई मेयरमा उम्मेदवार बनाएकोले असन्तुष्टि जनाएका छन् । 
यसरी माओवादी केन्द्र र कांग्रेसबाट नै मेयरमा वागी उम्मेदवार बन्दा एमालेलाई फाइदा हुने भएको छ । 

टीकापुरमा माओवादीका लोकप्रिय नेता थापा मेयरमा उठदा एमालेबाट उम्मेदवार बनेका श्याम खत्रिको सम्भावना बलियो  रहेको छ । 
स्वतन्त्र रुपमा मेयर उठेका थापा र विपी कांग्रेसबाट उपमेयरको उम्मेदवार बनेकी साउँदले  कांग्रेसबाट मेयर बनेका नवराज रावलको भोट काट्ने छन् । 

टीकापुरमा एमालेका तर्फबाट मेयर बनेका तपेन्द्र रावलले  पाँच ९५९ मतले बिजय भएका थिए । निकतम प्रतिद्धन्दि माओवादी केन्द्रका शिव थापाले  पाँच हजार ६१० मत ल्याएका थिए । अहिले उनी गठबन्धनमा असन्तुष्टि जनाउँदै मेयरमा स्वतन्त्र उम्मेदवार बनेका छन् ।  र तेस्रो मधेशी लोकतान्त्रिक फोरम पाँच हजार ५३४ र चौथौ नेपाली कांग्रेसका जंगवहादुर साउँदले पाँच ५१४ मत पाएका थिए । 

असन्तुष्टि पक्षका कांग्रेसले एमालेका श्याम खत्रिलाई मतदान गर्ने बताइएको छ । 

टीकापुरका ५० प्रतिशत कांग्रेसका नेता तथा कार्यकता टिकट वितरण र वदनामी नवराज रावललाई मेयर बनाएको भन्दै  विपी कांग्रेसबाट उम्मेदवार बनेका छन् । 
यस्तै नेपाली कांग्रेसबाट वडा नं. १ को प्रवल दावेदार  रहेका वीरेन्द्र कुँबर पनि टिकट नपाएपछि  विपी कांग्रेसका उम्मेदवार बनेका छन् । 

यस्तै टिकापुर पुराना कांग्रेस नेता स्वर्गिय नरवहादुर ठकुल्लाका परिवारले पनि गठबन्धन साथ दिने छैन । उनको परिवारबाट अर्जुन ठकुल्ला वडा नं. २ वडा अध्यक्ष विपी कांग्रेसबाट उम्मेदवार बनेका छन् । विभिन्न वडामा कांग्रेस विभाजित अवस्थामा रहेको छ । 

टीकापुरमा सत्तागठबन्धनबीच मेयर, उपमयेर र वडा नं. १ मा मात्र गठबन्धन बनेकोले अन्य वडामा गठबन्धनबीच नै प्रतिस्पर्धा रहेको छ । 

 


प्रकाशित मिति: सोमबार, २६ बैशाख, २०७९, २२:०९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९