बेलौरीमा दुई पुरुष प्रतिस्पर्धाको बीचमा कमला बोहरा अगाडि

बेलौरीमा दुई पुरुष प्रतिस्पर्धाको बीचमा कमला बोहरा अगाडि


बेलौरीमा दुई पुरुष प्रतिस्पर्धाको बीचमा कमला बोहरा अगाडि

काठमाडौँ, । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली चुनावी अभियानका क्रममा कन्चनपुरको बेलौरी नगरपालिकामा गएर चुनावी सभा गरे । जहाँ एमोलेबाट अखिलकी पूर्वनेतृ तथा एमाले केन्द्रीय सदस्य कमला बोहरालाई उम्मेदवार बनाएको छ । कमला वोहरालाई नै जिताउनका लागि एमाले अध्यक्ष कन्चनपुरका दक्षिण भारतसंग जोडिएको सिमानामा रहेको बेलौरीमा गएर भाषण गरे । 

वैशाख २६ गते माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि बेलौरीमा गएर चुनावी सभालाई सम्बोधन गरे । दुवै शीर्ष नेताले बेलौरीलाई प्रतिष्ठा बनाएका छन् । 

२०७४ सालका निर्वाचनमा बेलौरीमा करिव ३०० मतान्तरले माओवादी केन्द्रले जितेको थियो । प्रचण्ड आफ्नो बुहारी विना मगरको निर्वाचन क्षेत्र भएकोले सो ठाउँमा गएर चुनावी सभालाई सम्बोधन गर्दै छन् । 

बेलौरी त्यस्तो बजार हो जो राणाकाल र पछिल्लो झण्डै डेढ दशक गरी १०३ बर्षसम्म सदरमुकाम रहेको थियो । २०१९ सालमा जिल्ला सदरमुकाम, घुसुडी बजार (हालको महेन्द्रनगर) सरे पछि उक्त बजार ओझेलमा परेको थियो ।

केपी ओलीले आफ्नी छोरी जस्तै माया गर्ने कमला वोहरा मेयरमा उठेकोले चुनावी सभालाई सम्बोधन गर्न गएका हुन् । बेलौरीकै जनता वहुमुखी क्याम्पसको स्ववियु सभापति भइसकेकी कमला अखिल हुँदा नै सुदुरपश्चिमकी सम्भावना रहेको देखेर अध्यक्ष ओलीले वोहरालाई राजनीतिक रुपमा अगाडि बढाइरहेका छन् । 

स्थानीय तहमा प्रमुख पदमा उम्मेदवार बनाएको २७ मध्ये वोहरा कन्चनपुरको बेलौरी नगरपालिकाबाट मेयरको उम्मेदवार बनेकी छन् । 

यसअघि उनलाई कन्चनपुरका सुकुम्बासी भूमि आयोगका अध्यक्ष समेत बनाइसकेका छन् । राजनीतिकशास्त्र स्नातकोत्तर तह र चीनबाट कानूनमा स्नातकोत्तर गरेकी बोहरा एमालेको १० औं महाधिवेशनमा केन्द्रीय सदस्य समेत निर्वाचित भएकी हुन् । 

बेलौरी नगरपालिकामा यसअघि ३५७ मत पराजित भएका पल्लवराज भट्ट पनि आकांक्षी रहेका थिए । तर प्रदेश कमिटीले भट्टलाई उम्मेदवार बनाएर बोहरालाई बनायो । भट्ट अहिले कन्चनपुरका पार्टी सचिव हुन् । 

२०७४ सालमा माओवादी केन्द्रका पोतिलाल थारुले ६ हजार ७६४ मत प्राप्त गरेर बिजय भएका थिए । उनका निकटम प्रतिद्धन्दी एमालेबाट भट्टले ६ हजार ४०७ मत प्रात गरेका थिए । र कांग्रेसका हरेन्द्र सिंह विष्ट (होसियार)ले पाँच हजार ४१२ मत प्राप्त गरि तेस्रो भएका थिए ।  

अखिलबाट विदा भएपछि उनी भूगोलको राजनीतिकमा फड्को मारिन् । प्रदेश कमिटी सदस्य, केन्द्रीय सदस्य हुँदै कन्चनपुर एमालेको सहइन्चार्जको रुपमा वोहराले जिम्मेवारी पाएकी छन् । 

बोहरा यसअघि मेयरमा प्रतिस्पर्धा गरेकासंग चुनावी मैदानमा रहेकी छन् । थारु मेयर हुन भने विष्ट यसअघि कांग्रेसबाट मेयरको उम्मेदवार भइसकेका हुन् । दुवै पुरुष उम्मेदवारसंग प्रतिस्पर्धा गरेकी वोहरालाई बेलौरीमा एमाले पार्टी सहित महिला दिदी वहिनीको रुझान आफूलाई  रहेको बताउँछिन् । उनी दुई पुरुषको प्रतिस्पर्धाले आफू महिला भएकोले सजिलै जित हुने बताउँछिन । 

 उनले एमालेको पहिलोको मतलाई सुरक्षित गरेको र महिला दिदीवहिनीको मत आफूलाई तानेर जित्ने बताउँछिन । मेयर पोतिलाल थारुले पनि बेलौरीको विकासमा कुनै काम नगरेकोले पनि आफूसंग विकासको एजेण्डा रहेको उनी बताउँछिन । 

मेयरकी उम्मेदवार वोहराका निःशुल्क शिक्षा, स्वास्थ्य खानेपानी र रोजगारी प्रमुख एजेण्डा रहेको छ । “मेयर एक राजनीतिककर्मी मात्र नभएर नगरको विकासको मोडल तयार पार्ने राम्रो व्यवस्थापक हुनुपर्दछ । त्यो गुण ममा  रहेकोले मेयर बन्न   थालेको हुँ” उनी भन्छिन् ।

 

 


प्रकाशित मिति: सोमबार, २६ बैशाख, २०७९, २२:३१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९