अवरुद्ध भएका मतदान केन्द्रमा आज निर्वाचन सम्पन्न

अवरुद्ध भएका मतदान केन्द्रमा आज निर्वाचन सम्पन्न


अवरुद्ध भएका मतदान केन्द्रमा आज निर्वाचन सम्पन्न

काठमाडौँ, । गत वैशाख ३० गते विभिन्न कारणले अवरुद्ध भएका मतदान केन्द्रमध्ये आज केही मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा पुनः मतदान सम्पन्न भएको छ ।

अवरुद्ध भएका मतदान केन्द्रमध्ये आज धनकुटाको शहिदभूमि गाउँपालिका– ६ को ठाकुरदेवी मावि, सप्तरीको रुपनी गाउँपालिका–५ को गाविस भवन, रामेछापको खाँडादेवी गाउँपालिका–१ को वडा कार्यालय भवन, सुर्खेतको सिम्ता गाउँपालिका– ३ को भगवती माविको मतदान केन्द्रमा पुनः मतदान सम्पन्न भएको छ । 


सोहीअनुसार बझाङको केदारस्यूँ गाउँपालिका– ४ को जगन्नाथ उच्च मावि, बझाङको सुर्मा गाउँपालिका– २ को आदारबगर मावि र बझाङकै सुर्मा गाउँपालिका– ३ कृष्ण प्रावि मतदान केन्द्रमा शान्तिपूर्ण ढङ्गले पुनः मतदान सम्पन्न भएको आयोगका प्रवक्ता एवम् सहसचिव शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

 त्यस्तै, प्रवक्ता पौडेलका अनुसार मतदान अवरुद्ध भएका मतदान केन्द्रमध्ये जेठ १ गते सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा २ को गाविस भवन मतदान केन्द्र, जुम्लाको गुठीचौर गाउँपालिका वडा नम्बर ३ को शंकर मावि मतदान केन्द्र, कालिकोटको रास्कोट गाउँपालिका वडा नम्बर ४ को रमालमस्टो मावि मतदान केन्द्र, कालिकोटको पचालझरना गाउँपालिका वडा नम्बर ३ को जनता मावि मतदान केन्द्र र बझाङको जयपृथ्वी नगरपालिका वडा नम्बर ७ को सुनिपीपल चौर मावि मतदान केन्द्रमा शान्तिपूर्ण ढङ्गबाट पुनः मतदान सम्पन्न भएको छ ।

अवरुद्ध भएकामध्ये जेठ ३ गते मंगलबार काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका वडा नम्बर १३ को श्रीराम मावि मतदान केन्द्र, कञ्चनपुरको पुनर्वास नगरपालिकाको वडा नम्बर १० को विजय मावि मतदान केन्द्र, बाजुराको बुढीनन्दा नगरपालिकाको वडा नम्बर ८ को पिस क्रियटर एकेडेमी मतदान केन्द्र र अछामको पञ्चदेवल विनायक नगरपालिकाको वडा नम्बर ५ को नवज्योति मावि मतदान केन्द्रमा मतदान हुँदैछ । 

यसैगरी, जेठ ४ गते तनहुँको व्यास नगरपालिकाको वडा नम्बर ८ को गाविस भवन फेदी मतदान केन्द्रमा र रौतहटको गढीमाई नगरपालिकाको वडा नम्बर ३ र अन्तर्गत श्री प्रा.वि. भवन लक्ष्मीपुर र श्री आर्दश प्रा.वि. मतदानकेन्द्रमा पुनः मतदान हुँदैछ । पुनः मतदान गर्नुपर्ने अन्य मतदान केन्द्रमा पनि केही दिन भित्रमा मतदान गर्नेगरी सूचना प्रकाशन हुने प्रवक्ता पौडेलले बताए ।

 गत वैशाख ३० गते विभिन्न कारणले नर्वाचन अवरुद्ध भएका २९ केन्द्र, उम्मेदवारको मृत्यु भएका कारणले जेठ ३ गते निर्वाचन हुने दुई र गोरखाको चुम्नुब्री गाउँपालिका बाहेक अन्य सबै पालिकामा मतगणना कार्य जारी रहेको आयोगले जनाएको छ ।

 


प्रकाशित मिति: सोमबार, २ जेठ, २०७९, २१:३१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९