प्रदीप ज्ञवालीको गाउँपालिकामा माओवादी केन्द्रका यदु ज्ञवाली निर्वाचित

प्रदीप ज्ञवालीको गाउँपालिकामा माओवादी केन्द्रका यदु ज्ञवाली निर्वाचित


प्रदीप ज्ञवालीको   गाउँपालिकामा माओवादी केन्द्रका यदु ज्ञवाली निर्वाचित

काठमाडौँ, । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीको गाउँपालिकामा एमालेका उम्मेदवार पराजित भएका छन् । 

ज्ञवालीको गृहनगर रुरु क्षेत्र गाउँपालिकाको अध्यक्षमा गठबन्धनबाट यदु ज्ञवाली निर्वाचित भएका हुन् । नेकपा (माओवादी) केन्द्रबाट उम्मेदवार बनेका ज्ञवालीले एक हजार २७७ मतान्तरले बिजय भएका हुन् । ज्ञवालीले पाँच हजार ८१७ मत प्राप्त गरेका थिए भने उनका प्रतिद्धन्दी एमालेका हिमालकुमार श्रेष्ठले चार हजार ५४० मत प्राप्त गरेका थिए । 

यस्तै गाउँपालिकाको उपाध्यक्षमा भने एमालेकी मिनादेवी गौतम निर्वाचित भएकी छन् । उनले पाँच हजार ४५१ मत पाएकी थिइन । नेपाली कांग्रेसबाट उपाध्यक्षकी उम्मेदवार बनेकी दुर्गा ज्ञवालीले चार हजार ६४६ मत पाएर दोस्रो भएकी थिइन् । 

 


प्रकाशित मिति: मंगलबार, ३ जेठ, २०७९, ०८:४९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९