नैनसिंह महरको पालिकामा एमाले र माओवादी क्लिन स्वीप

नैनसिंह महरको पालिकामा एमाले र माओवादी क्लिन स्वीप


नैनसिंह महरको पालिकामा एमाले र माओवादी क्लिन स्वीप

काठमाडौं, । डडेलधुराको भागेश्वर गाउँपालिकामा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) क्लिन स्वीप भएका छन् ।

 नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरको उक्त गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा सहित चार वटा वडामा नेपाली कांग्रेस विजयी भएको छ। कांग्रेसका उम्मेदवार हेमराज चटौत दुई हजार ३११ मत प्राप्त गर्दै विजयी बनेका छन् । 

उनले निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार रामबहादुर  शाहीले १ हजार ७८ मत ल्याएका छन्। 

यस्तै उपाध्यक्षमा कांग्रेसकै पुष्पा  ठकुराठीले २ हजार ३४८ मत प्राप्त गरि बिजय भएकी छन् । उनको प्रतिस्पर्धी माओवादी केन्द्रकी गीता भट्टले ८३२ मतमात्र ल्याउन सकिन्। 

पाँच वडा रहेको भागेश्वरमा चार वडामा कांग्रेस उम्मेदवार विजयी भएका छन्। एक वडामा भने स्वतन्त्र उम्मेदवार बिजय भएका छन् । वडा नम्बर १ मा स्वतन्त्र उम्मेदवार मणीकराज भट्ट ३५४ मतका साथ विजयी भए । 

वडा नम्बर २ मा कांग्रेसका उपेन्द्र जोरा २७० मत, वार्ड नं ३ मा डम्बरराज जोशीले ८७६ मत, वडा नम्बर ४ मा कांग्रेसका वसन्तराज चटौत ६४४ मत, वडा नम्बर ५ मा कांग्रेसका नरेन्द्र थापाले २७६ मत प्राप्त गरि बिजय भएका छन् । 


प्रकाशित मिति: मंगलबार, ३ जेठ, २०७९, १७:३२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९