जाजरकोटको भेरी नगरपालिकामा सिपी घर्तिमगर निर्वाचित

जाजरकोटको भेरी नगरपालिकामा सिपी घर्तिमगर निर्वाचित


जाजरकोटको भेरी नगरपालिकामा सिपी घर्तिमगर निर्वाचित

काठमाडौँ, । जाजरकोटको भेरी नगरपालिका प्रमुखमा एमालेका चन्द्रप्रकाश (सिपी) घर्तीमगर निर्वाचित भएका छन् ।

उनले सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा–माओवादी केन्द्रका गगनबहादुर खड्कालाई हराउँदै बिजय भएका हुन् । सिपी घर्तिमगरले ४ हजार ८ सय ४२ मत ल्याएर विजयी भएका हुन् ।

घर्ती यसअघि पनि प्रमुखमा निर्वाचित भएका थिए । निकटतम् प्रतिद्वन्द्वी माओवादीका गगनबहादुर खड्काले ३ हजार ९ सय ६३ मत प्राप्त गरेका छन् ।

उपप्रमुखमा गठबन्धनकी साझा उम्मेदवार काँग्रेसकी सीता जैसी निर्वाचित भइन् । जैसीले ५ हजार ९ सय ८५ मत प्राप्त गरेर विजयी बन्दा प्रतिस्पर्धी एमालेकी सावित्री चन्दले ५ हजार १ सय ७२ मत प्राप्त गरिन् ।


प्रकाशित मिति: मंगलबार, ३ जेठ, २०७९, २०:३६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९