टीकापुरमा नागरिक उन्मुक्ती पार्टीका रामलाल डगौरा थारु प्रमुखमा निर्वाचित

टीकापुरमा नागरिक उन्मुक्ती पार्टीका रामलाल डगौरा थारु प्रमुखमा निर्वाचित


टीकापुरमा नागरिक उन्मुक्ती पार्टीका रामलाल डगौरा थारु प्रमुखमा निर्वाचित

टीकापुर, । टीकापुर नगरपालिकाको  प्रमुखमा रामलाल डगौरा थारु निर्वाचित भएका छन् ।  नागरिक उन्मुक्ती पार्टीका उम्मेदवार डगौरा थारु गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका उम्मेदवार नवराज रावललाई तीन हजार मतले पछि पार्दै विजयी हुनुभएको छ ।

थारु नौ हजार ६४२ मत पाएका छन्  भने रावलले छ हजार ६४२ मत पाए । थारु २०७४ सालको निर्वाचनमा नेकपा माओवादी केन्द्रको तर्फबाट वडा नम्बर ७ को वडाध्यक्ष हुनुहुन्थ्यो । चुनाव अघि नवगठित नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गर्नु भएको थियो । 

नौ वटा वडा रहेको टीकापुरमा प्रमुख जितेको नागरिक उन्मुक्तिले वडा नम्बर ४ र ५ मा वडाध्यक्षसहित सबै सदस्य, वडा नम्बर १ र ७ मा वडाध्यक्ष वाहेकका सबै सदस्य पदमा विजय हासिल गरेको छ ।

टीकापुर नगरपालिकाको उपप्रमुखमा भने गठवन्धनका तर्फबाट उम्मेदवार बन्नु भएका नेकपा (माओवादी केन्द्र) का उम्मेदवार खडकबहादुर शाह सात हजार २४९ मत ल्याई बिजय भएकी छन् ।

शाहले नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार उल्का विकलाई छ मतले पछि पारेका हुन् । माओवादी केन्द्रले २०७४ मा जितेका वडा नम्बर ७, ८ र ९ लाई कायम राख्दै यस पटक उपप्रमुखमा पनि विजय हासिल गरेको छ ।

२०७४ मा उपप्रमुख मात्रै जितेको नेपाली कागे्रसले वडा नम्बर २, ३ र ६ मा वडाध्यक्षसहित ११ पद जितेको छ ।

२०७४ सालमा नगरप्रमुखसहित वडा नम्बर १ र २ मा विजय भएको नेकपा (एमाले) भने यसवर्ष एउटा वडाध्यक्षमा मात्र सिमित भएको छ । एमालेबाट वडा नम्बर १ को वडाध्यक्षमा मोहन विक निर्वाचित भएका छन् । 


प्रकाशित मिति: बिहिबार, ५ जेठ, २०७९, १६:१६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९