चितवन । जिल्लाको भरतपुर महानगरमा झण्डै ६१ हजार मत गणना हुँदा सत्ता गठबन्धनकी उम्मेदवार रेनु दाहाल थप बलियो अवस्थामा पुगेकी छन् ।
शुक्रबार साँझसम्म ६० हजार ९२५ मत गणना हुँदा गठबन्धनकी तर्फबाट नेकपा माओवादी केन्द्रका तर्फबाट उम्मेदवार दिएकी दाहाल ३४३२ मतले अगाडि रहेकी छन् ।
दाहालले २३ हजार १५४ मत पाएकी छन् । उनको प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार विजय सुवेदी १९ हजार ७२२ मतका साथ दोस्रो स्थानमा रहेका छन् ।
कांग्रेसबाट बागी उम्मेदवार जगन्नाथ पौडेलले भने ८ हजार ५१३ मत पाएका छन्। मत गणना जारी छ।
नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।
बानेश्वर ३१, काठमाडौँ
९८५११५५७९६
nepalcharchanews@gmail.com
अध्यक्ष : द्वारिकाप्रसाद न्याैपाने
सम्पादक : शरदकुमार शर्मा
प्रमुख कार्यकारी अधिकृत : सुशिला गाैतम
राइज नेपाल मिडिया प्रालि
सुचना बिभाग दर्ता नं. : ३३१०-२०७८/७९