अहिलेसम्म कुन पार्टीले कति स्थानीय तहमा जिते

अहिलेसम्म कुन पार्टीले कति स्थानीय तहमा जिते


अहिलेसम्म कुन पार्टीले कति स्थानीय तहमा जिते

काठमाडौँ, । स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले अग्रता लिएको छ । कांग्रेसले ३०५ स्थानीय तहमा निर्वाचित हुँदै ठूलो पार्टी बनेको छ । कांग्रेसले १२१ नगरपालिकामा प्रमुख  र १८४ गाउँपालिकाको अध्यक्ष जितेको छ ।
कांग्रेसपछि एमाले दोस्रो पार्टीको रुपमा अगाडि रहेको छ ।

एमालेले १८६ स्थानीय तहको प्रमुख जितेको छ । एमालेले ६६ नगरपालिकाको प्रमुख र १२० गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएको छ । एमालेपछि माओवादी केन्द्रले नगरपालिकाको प्रमुखमा २१ र गाउँपालिकाको अध्यक्षमा ९६ जितेको छ ।
यस्तै नेकपा (एकिकृत समाजवादी)ले  नौ नगरपालिकामा प्रमुख जितेको छ ।

उपप्रमुखमा कांग्रेसले ९२, एमालेले ८९, माओवादी केन्द्रले ३०, एकिकृत समाजवादीले आठ जितेको छ ।

यस्तै गाउँपालिकाको उपाध्यक्षमा कांग्रेसले १८७, एमालेले १२१, माओवादी केन्द्रले ९३ र जनता समाजवादी पार्टी १८ जितेको छ ।

 


प्रकाशित मिति: शनिबार, ७ जेठ, २०७९, ०९:२०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९