दाङको राप्ति गाँउपालिका कांग्रेस उम्मेदवार हराउनेलाई सोध्यो स्पष्टिकरण

दाङको राप्ति गाँउपालिका कांग्रेस उम्मेदवार हराउनेलाई सोध्यो स्पष्टिकरण


दाङको राप्ति गाँउपालिका कांग्रेस उम्मेदवार हराउनेलाई सोध्यो स्पष्टिकरण

दाङ, । राप्ती गाउँपालिकाको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई हराउन अन्तरघात भन्दै  १९ जना लाई स्पष्टिकरण सोधिएकोे छ ।

लुम्विनी प्रदेशको दाङ जिल्ला अन्तरगत राप्ती गाउँपालिकामा गत स्थानिय तहको निर्वाचनमा नेपाली काग्रेस पार्टीलाई असफल बनाउन भुमिका खेलेको भन्दै गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, ९ वटै वडाका वडा अध्यक्ष, वडा सदस्यका उम्मेदवार तथा पार्टीका क्रियाशिल सदस्यहरुले दिएको उजुरी अनुसार सो गाउँपालिका क्षेत्रका १९ जनालाई जिल्ला अनुशासन समितिले स्पष्टिकरण माग गरेको समितिका संयोजक गिरिराज सुवेदीले जानकारी दिए ।

नेपाली काग्रेस दाङ  जिल्ला अनुशासन समितिले राप्ती गाउँपालिकाका संविधान सभा सदस्य शुसिला चौधरी, पूर्व प्रदेश सभा क सभापति तारा बहादुर डिसी, पूर्व जिल्ला सदस्य भिमलाल चौधरी,पूर्व महाधिबेशन प्रतिनिधि टंकनाथ चौधरी, पालिका उपसभापति गिरीराज भुसाल, श्याम रावत, तरुण दल अध्यक्ष आशिस पौडेल, कोषाध्यक्ष पुर्ण जंग रेश्मी, र्पुर्व ईकाइ सचिव हस्त बहादुर गुरुङ, पुर्व संगठन विभाग संयोजक कमल केसी, निर्वाचित वडा सदस्य नित्यानन्द शर्मा, नेल्टा केन्द्रिय सदस्य दयाराम चौधरी, क्रियाशिल सदस्य ओम प्रकाश बुढाथोकी, शुरेस घिमीरे, बुद्धि पौडेल, विबेक पोख्रेल, वडा नं ४ उपसभापति खगेन्द्र मल्ल, क्षेत्रिय प्रतिनिधि उमा चौधरी, निर्मला चौधरीलाई स्पष्टिकरण माग गरेको हो ।

नेपाली काग्रेसको विधान २०१७ संसोधित को ३४ को उपदफा ४ ख र ग बमोजिम पार्टिको आधिकारीक उम्मेदवार विरुद्ध प्रत्यक्ष अप्रत्यक्ष असहयोग गर्ने, अन्य दलका उम्मेदवारको प्रशंसा गर्ने, पार्टिको हित विपरीत जथाभावि बोल्ने, आफुमात्र जित्नलाई मत माग्ने गरेको, अवान्छित कृयाकलाप गरेको आरोपमा  १९ जनालाई जिल्ला अनुशासन समितिले स्पष्टिकरण माग गरेको हो ।

स्पष्टिकरण माग गरिएका १९ जनालाई ५ दिन भित्र लिखित रुपमा स्पष्टिकरण पठाउन जिल्ला अनुशासन समितिले पत्राचार गरेको छ ।

 


प्रकाशित मिति: शनिबार, ७ जेठ, २०७९, १५:१२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९