काठमाडौँमा काङ्ग्रेस बन्यो ठूलो दल, कुन दलको कति नगरपालिका

काठमाडौँमा काङ्ग्रेस बन्यो ठूलो दल, कुन दलको कति नगरपालिका


काठमाडौँमा काङ्ग्रेस बन्यो ठूलो दल, कुन दलको कति नगरपालिका

काठमाडौँ, । काठमाडौँ जिल्लाको ११ स्थानीय तह मध्ये १० नगरपालिकाको नतिजा सार्वजनिक भइसकेको छ । 

निर्वाचन आयोगका अनुसार काठमाडौँमा नतिजा प्रकाशन भएका १० मध्ये सात नगरपालिकाको प्रमुखमा नेपाली काङ्ग्रेसका उम्मेदवार निर्वाचित हुनु भएका छन् । 
नेकपा (एमाले)का दुई र राष्ट्रिय प्रजातन्त्र पार्टीले एक स्थानीय तहमा प्रमुख निर्वाचित हुनु भएको छ । 

काठमाडौँमा स्थानीय तहको निर्वाचनमा काङ्ग्रेस सवभन्दा ठूलो पार्टी भएको छ । 
काङग्रेसले कागेश्वरी मनहरा नगरपालिका, चन्द्रागिरी नगरपालिका, तारकेश्वर नगरपालिका, दक्षिणकाली नगरपालिका नागार्जुन नगरपालिका, किर्तिपुर नगरपालिका र  गोकर्णेश्वर नगरपालिकाको प्रमुखमा बिजय भएको छ । 

एमाले टोखा र बुढानिलकण्ठ नगरपालिका तथा राप्रपा शङ्खरापुर नगरपालिकाको प्रमुखमा निर्वाचित भएको छ । 

कागेश्वरी मनहरामा कांग्रेसका उपेन्द्र कार्कीले ११ हजार ३२२ मत, चन्द्रागिरी काङ्ग्रेसमा घनश्याम गिरी १५ हजार ४७५ मत, तारकेश्वर कांग्रेस कृष्णहरि महर्जन ११ हजार ९८८ मत, दक्षिणकाली काङ्ग्रेस मोहन बस्नेत सात हजार २०१ मत ल्याई बिजय हुनु भएको निर्वाचन आयोगले जनाएको छ । 

यस्तै नागार्जुनमा काङ्ग्रेस मोहनवहादुर बस्नेत १० हजार १८६ मत, किर्तिपुरमा राजकुमार नकर्मी नेपाली काङ्ग्रेस नौ हजार ४३, गोकर्णेश्वर काङ्ग्रेसका दीपककुमार रिसाल नौ हजार ६९२ मत ल्याई निर्वाचित हुनु भएको छ । 

यस्तै टोखा नगरपालिकामा एमालेका प्रकाश अधिकारी १० हजारा ३४० मत र बुढानिलकण्ठ नगरपालिका एमालेका मिठाराम अधिकारी १४ हजार २५० मत ल्याई निर्वाचित हुनु भएको छ । 

शङ्खरापुरमा राप्रपाका रमेश नापितले चार हजार ७०० मत बिजय हुनु भएको छ । 

यस्तै निर्वाचन आयोगका अनुसार नगरपालिका उपप्रमुख पदमा भने  काङग्रेस र एमालेका  पाँच÷पाँच जना उम्मेदवार निर्वाचित हुनु भएको छ । 
काङ्ग्रेसबाट उपप्रमुखमा किर्तिपुरमा शुभलक्ष्मी शाक्य, शङ्खरापुरमा समिता श्रेष्ठ, दक्षिणकाली बसन्ती तामाङ, तारकेश्वर सिर्जना बुर्लाकोटी, टोखामा मुरारी तामाङ निर्वाचित हुनु भएको छ । 

यस्तै एमालेतर्फबाट उपप्रमुखमा गोकर्णेश्वरमा सान्नानी लामा, कागेश्वरी मनहरामा शान्ता थापा, बुढानिलकण्ठमा अनिता लामा, नागार्जुनमा शुशिला अधिकारी, र चन्द्रागिरीमा बसन्ती श्रेष्ठ निर्वाचित हुनु भएको छ । 

काठमाडौँ महानगरपालिकाको भने मतगणना जारी रहेको छ । पछिल्लो मतगणना अनुसार महानगरप्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह र उपप्रमुखमा एमालेकी सुनिता डंगोलले अग्रता लिनु भएको छ । प्रमुखमा स्वतन्त्र उम्मेदवार साहलाई एमालेका केशव स्थापित र काङ्ग्रेसकी सिर्जना सिंहले पछाइरहनु भएको छ । 

 


प्रकाशित मिति: सोमबार, ९ जेठ, २०७९, २०:४६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९