गठबन्धनका बाबजुद एमालेका साढे एघार हजार उम्मेदवार निर्वाचित

गठबन्धनका बाबजुद एमालेका साढे एघार हजार उम्मेदवार निर्वाचित


गठबन्धनका बाबजुद एमालेका साढे एघार हजार उम्मेदवार निर्वाचित

काठमाडौं, । पाँचदलिय गठबन्धनका बाबजुद नेकपा (एमाले)का  स्थानीय तह निर्वाचनमा अहिलेसमम  ११ हजार ५९७ जना उम्मेदवार निर्वाचित भएका छन् ।

निर्वाचन आयोगका अनुसार गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा उहाँहरु प्रमुख, अध्यक्ष, उपप्रमुख, उपाध्यक्ष, वडा अध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र सदस्य पदमा निर्वाचित भएका हुन् । ३५ हजार २२१ जनप्रतिनिधिमा एमालेका ११ हजार ५९७ जना निर्वाचित भएका हुन् । 

निर्वाचन आयोगले वैशाख ३० गते एकैदिन देशभरका ७५३ वटै पालिकामा निर्वाचन गरेको थियो । कूल ३५ हजार २२१ पदको लागि भएको निर्वाचनमा १ लाख ४५ हजार ११ जनाले उम्मेदवारी दिएका थिए । उम्मेदवारी दिनेमध्ये हालसम्म ३४ हजार २६९ जना निर्वाचित भइसकेका छन् ।

आयोगका अनुसार अब ९५२ जना उम्मेदवार विजयी भएको घोषणा गर्न बाँकी रहेको छ । एमालेको तर्फबाट उम्मेदवारी दिनेमध्ये प्रमुखमा ७६, अध्यक्षमा १२३, उपप्रमुखमा १०१, उपाध्यक्षमा १२५, वडा अध्यक्षमा २०८४, महिला सदस्यमा २ हजार २८४, दलित महिला सदस्यमा २ हजार २३२ र सदस्यमा ४ हजार ५७२ जना विजयी बनेका छन् ।


प्रकाशित मिति: सोमबार, ९ जेठ, २०७९, २०:५५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९