नीति तथा कार्यक्रमः प्रत्येक प्रदेशमा दुई वटा मेडिकल कलेज

नीति तथा कार्यक्रमः प्रत्येक प्रदेशमा दुई वटा मेडिकल कलेज


 नीति तथा कार्यक्रमः प्रत्येक प्रदेशमा दुई वटा मेडिकल कलेज

 काठमाडौं, ।  सरकारले प्रत्येक प्रदेशमा कम्तीमा दुई वटा शिक्षण अस्पतालरप्रतिष्ठान स्थापना र सञ्चालन गर्ने नीति लिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्मा सरकारको आगामी आर्थिक वर्ष २०७९र२०८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रत्येक प्रदेशमा दुई वटा शिक्षण अस्पताल तथा प्रतिष्ठान खोल्ने नीति लिएको बताइन् ।

यस्तै नीति तथा कार्यक्रममा सुदूरपश्चिम विश्वविद्यालयसँगको सहकार्यमा डडेल्धुरामा मेडिकल कलेज सञ्चालनमा ल्याइने उल्लेख छ । यस्तै चिकित्सा शिक्षा अध्ययन गराउने शिक्षण संस्थाको क्षमताका आधारमा विद्यार्थी सङ्ख्या वृद्धि गर्ने उल्लेख गरिएको छ।

दुर्गम क्षेत्रका जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरुको हवाई उद्धार कार्यलाई थप व्यवस्थित बनाइने छ । यस्तै दुर्गम जिल्लामा स्वास्थ्य सेवा पु¥याउनका लागि टेलिमेडिसिन सेवा सञ्चालन गर्ने भएको छ । राष्ट्रपति भण्डारीले सरकारले कोभिड–१९ महामारीको नियन्त्रण, रोकथाम र उपचारका लागि हरसम्भव प्रयास गरिएको बताइन्।

यस्तै आधारभूत र जीवनरक्षक औषधि र अक्सिजन तथा औषधिजन्य सामग्री उत्पादनलाई थप प्रोत्साहन गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । यस्तै नेपाली औषधि उत्पादकहरुको उत्पादन क्षमता वृद्धि गरी औषधिको आपूर्तिमा सुधार गरिने छ ।  

 


प्रकाशित मिति: मंगलबार, १० जेठ, २०७९, १९:३१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९