नीति तथा कार्यक्रमविरुद्ध कडा रूपमा प्रस्तुत हुन सांसदलाई एमाले अध्यक्ष ओलीको निर्देशन

नीति तथा कार्यक्रमविरुद्ध कडा रूपमा प्रस्तुत हुन सांसदलाई एमाले अध्यक्ष ओलीको निर्देशन


नीति तथा कार्यक्रमविरुद्ध कडा रूपमा प्रस्तुत हुन सांसदलाई एमाले अध्यक्ष ओलीको निर्देशन

काठमाडौं, ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीको सांसदहरुलाई सरकारको नीति तथा कार्यक्रमविरुद्ध सशक्त रुपमा पेश हुन निर्देशन दिएका छन् ।

आज बसेको एमाले संसदीय दलको बैठकमा ओलीले उक्त निर्देशन दिए । ‘बैठकमा अध्यक्षज्यूले सरकारको प्रस्तुत नीति तथा कार्यक्रम बुँदा बुँदाको चर्चा र विष्लेषण गर्नुभयो ,’ एमाले नेता भीम रावलले भने,  ‘उहाँले संसदमा सशक्त रुपमा पेश हुन आग्रह गर्नु भएको छ ।’

बैठकमा अध्यक्ष ओलीले सरकारले नीति तथा कार्यक्रममा नेपालको स्वतन्त्र परराष्ट्र नीति विपरित कार्यक्रम राखेको उल्लेख गरे  । संविधानको विपरित, राष्ट्रहित विपरितका कुरालाई सशक्त रुपमा उठाउन उहाँले सबैलाई आग्रह गर्नुभएको थियो । बैठकमा निर्वाचनको विषयमा गम्भिर छलफल नभएको नेता रावलले बताए ।


प्रकाशित मिति: बुधबार, ११ जेठ, २०७९, २०:४३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९