नवनिर्वाचित मेयर बालेनले भने , - काठमाडौंलाई विश्वकै सुन्दर र उत्कृष्ट सहर बनाउँछु

नवनिर्वाचित मेयर बालेनले भने , - काठमाडौंलाई विश्वकै सुन्दर र उत्कृष्ट सहर बनाउँछु


नवनिर्वाचित मेयर बालेनले भने , - काठमाडौंलाई विश्वकै सुन्दर र उत्कृष्ट सहर बनाउँछु

काठमाडौँ, । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन साहले काठमाडौंलाई विश्वकै सुन्दर र उत्कृष्ट सहर बनाउने प्रतिवद्धता गरेका छन्।

मेयरमा निर्वाचित भएलगत्तै सम्बोधन गर्दै साहले आफूले निर्वाचनको परिणामलाई एउटा सुरूआतको रूपमा लिएको बताएका छन्।

उनले भने,  ‘काठमाडौं महानगर परिवारको रूपमा छ, परिवार नै रहनेछ । हामी सबै मिलेर अब काठमाडौंलाई देशको मात्र नभएर विश्वकै सुन्दर र उत्कृष्ट नगर बनाउन सबैले सहकार्य गर्नेछौं भन्ने आशा राखेको छु ।’

उनले काठमाडौं महानगरलाई नै एउटा परिवारको रूपमा लिएको बताएका छन्।

 स्वतन्त्र उम्मेदवार बालेन साह ६१ हजार ७ सय ६७ मत ल्याएर निर्वाचित भएका हुन् । 

बालेनले आफ्ना निकटतम् प्रतिद्वन्द्वी कांग्रेसकी सिर्जना सिंहभन्दा २३ हजार ४२६ मत धेरै ल्याएका छन्। त्यस्तै तेस्रो स्थानमा रहेका एमालेका स्थापितभन्दा २३ हजार ६५० मत बढी पाएका छन्।

उपमेयरमा एमालेकी सुनिता डंगोल निर्वाचित भएकी छन् ।  उनले गठबन्धनका रामेश्वर श्रेष्ठलाई पराजित गरेका हुन् । 


प्रकाशित मिति: शुक्रबार, १३ जेठ, २०७९, १०:२४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९