कृष्ण सेनका हत्यारालाई कानूनी कठघरामा ल्याउन माग

कृष्ण सेनका हत्यारालाई कानूनी कठघरामा ल्याउन माग


कृष्ण सेनका हत्यारालाई कानूनी कठघरामा ल्याउन माग

काठमाडौं । नेपाल पत्रकार महासंघले सहिद पत्रकार कृष्ण सेन ‘इच्छुक’ को २०औं स्मृती दिवसका अवसरमा दिवंगत पत्रकारप्रति श्रद्धाञ्जली सभा आयोजना गरेको छ ।

सञ्चारग्राममा रहेको सहिद पत्रकार स्तम्भमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले पत्रकारहरु पेशागत जिम्मेवारी पुरा गर्ने क्रममा मारिनु अत्यन्तै दुःखद भएको बताए ।

उनले नेपालमा मारिएका तथा वेपत्ता पारिएका पत्रकारका परिवारले अझै न्याय नपाएको भन्दै दोषीलाई कानुनी कठघरामा ल्याउन सरकारसँग माग गरे ।

महासंघका महासचिव रोसन पुरीले पत्रकारमाथि हुने हिंसाका घटनामा दण्डहिनता कायम रहेको भन्दै घटनाका दोषीलाई निशर्त कारबाही गर्नुपर्ने बताए ।

नेपाल पत्रकार महासंघमा रहेको अभिलेखमा नेपालमा द्वन्द्वकालदेखि  हालसम्म ३८ जना पत्रकारको हत्या तथा संकास्पद मृत्यु र ४ जना पत्रकारको अवस्था वेपत्ता रहेको छ ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका पदाधिकारी एंव सदस्यहरु, पत्रकारको संघसंगठनका प्रतिनिधि, प्रेस काउन्सिल नेपालमा प्रशासकिय अधिकृत झबिन्द्र भुषाल लगायत विभिन्न सञ्चारगृहमा कार्यरत पत्रकारले दिवंगत पत्रकारप्रति श्रद्धाञ्जली व्यक्त गरे ।  ।

 


प्रकाशित मिति: शुक्रबार, १३ जेठ, २०७९, १०:३३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९