अर्थमन्त्री शर्मा र एमाले नेताहरुबीच गोप्य वार्ता, सहकार्य गर्न दुवै सहमत !

अर्थमन्त्री शर्मा र एमाले नेताहरुबीच गोप्य वार्ता, सहकार्य गर्न दुवै सहमत !


अर्थमन्त्री शर्मा र एमाले नेताहरुबीच गोप्य वार्ता, सहकार्य गर्न दुवै सहमत  !

काठमाडौं । स्थानीय तहको निर्वाचन सकिएपछि बाम गठबन्धनको कुरा उठिरहेको छ ।

एमाले, एमालेबाट विभाजन भएको नेकपा एस र नेकपा माओवादी केन्द्रकाबीचमा गठबन्धन होस भन्ने कुरा चलिरहेको छ । तर प्रचण्डले शनिवार संसदबाट अहिलेकै गठबन्धन कायम रहनेमा ढुक्क हुन आग्रह गरेका छन् । 

स्थानीय चुनावपछि संघ र प्रदेशसभाको निर्वाचनमा एमाले र माओवादी केन्द्र मिल्न सक्ने चर्चा भइरहेको हो थियो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वको वाम गठबन्धन असंभव रहेको सन्देश दिए । सत्ता गठबन्धन कमजोर बनेमा मुलुक दुर्घटनामा जाने बताउँदै उनले आगामी निर्वाचनमा पनि यसलाई कायमै राख्ने संकेत गरे । 

संसदमा सरकारको नीति तथा कार्यक्रमको छलफलमा सहभागी हुँदै प्रचण्डले एमालेसँग सहकार्यको निम्ति आफू सकरात्मक रहेको भए पनि त्यस पार्टीका अध्यक्ष ओलीको दम्भी र निषेधात्मक प्रवृत्तिका कारण एमालेसँगको गठबन्धन असंभव रहेको बताएका हुन् ।

एमाले अध्यक्ष ओलीले आत्मालोचनाको साटो अहंकार प्रस्तुत गरेको भन्दै प्रचण्डले एमालेमा ओलीको नेतृत्व रहुन्जेलसम्म सहकार्य संभव नदेखिएको बताए । 
अहिलेको परिणामले कम्तीमा नेकपा एमाले र नेकपा एस मिल्नपर्ने संकेत गरेका छन् ।

एमाले नेताहरुले नेकपा एसमा रहेका नेताहरुसँग अनौपचारिक छलफल गरिरहेका छन् । उता एमालेका नेताहरु विशाल भट्टराई, यज्ञराज सुनुवार, गणेश पहाडी लगायतको एउटा टिमले अर्थमन्त्री जनार्दन शर्मासँग पटक पटक गठबन्धन गर्ने र आगामी निर्वाचनमा सहकार्य गर्ने विषयमा छलफल गरेको स्रोतको दावी छ । ‘

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक सहितको टोलिले अर्थमन्त्री जनार्दन शर्मासँग गोप्य रुपमा भेट गरेको छ’, स्रोतले भन्यो । उनीहरुले मन्त्रीकै कार्यकक्षमा भेटघाट गरेको र कुराकानीको क्रममा उनीहरुले बामगठबन्धन अघि बढाउने विषयमा कुरा गर्दा शर्माले तत्कालै प्रचण्ड र केपी ओली सहमत हुन नसक्ने बताएका थिए ।

दोस्रो पुस्ताका नेताहरु सहमत हुँदै गर्दा शीर्ष नेताहरुलाई दबाब पर्ने भएकाले भेटघाटलाई बाक्लो बनाउनु पर्ने र सहकार्यका खाका समेत बनाउनु पर्नेमा शर्मा सहमत भएको स्रोतको दावी छ ।

२०७४ सालमा एमाले र माओवादी गठबन्धनका प्रमुख सुत्रधार रहेका शर्मा र एमाले नेताहरुको भेटघाटलाई राजनीतिकवृत्तमा अर्थपूर्ण मानिएको छ ।


प्रकाशित मिति: शनिबार, १४ जेठ, २०७९, १८:५४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९