प्रचण्ड र नेपाललाई कसले गर्‍यो प्रधानमन्त्रीको अफर

प्रचण्ड र नेपाललाई कसले गर्‍यो प्रधानमन्त्रीको अफर

केन्द्रीय सरकार फेरबदल हुने हल्ला


प्रचण्ड र नेपाललाई कसले गर्‍यो प्रधानमन्त्रीको अफर

स्थानीय तहको निर्वाचन सकिएर नयाँ जनप्रतिनिधिले राम्ररी काम थाल्न नपाउँदै केन्द्रीय सरकार फेरबदल हुने हल्ला चलाइएको छ । यद्यपि, सर्वोच्च अदालतको आदेशबाट गठन भएको वर्तमान शेरबहादुर देउवा नेतृत्वको सरकारलाई ढालेर अर्को सरकार बनाउन सर्वोच्चकै आदेश बाधक छ तर, पनि गठबन्धन दलकै प्रमुख दलका प्रमुख नेता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल दुवै जनाले आफूलाई प्रधानमन्त्री बन्न अफर आएको बताउँदै हिड्न थालेका छन् ।

प्रचण्डले बिहीबार एक अन्तर्वातामा आफूलाई प्रधानमन्त्री बन्न अफर आएको तर त्यो अफरमा आफू विश्वस्त नरहेको बताए । कसले अफर ग¥यो भन्ने विषयमा भने उनले केही बताएका छैनन् । यस्तै, एकीकृत समावादीका अध्यक्ष नेपालले पनि बिहीबार सुर्खेतमा आयोजना गरिएको एक कार्यक्रममा बोल्दै आफूलाई प्रधानमन्त्री बन्ने अफर आएको बताए तर उनले पनि कसले अफर गरेको हो भन्ने केही बताएनन् ।

राजनीतिक विश्लेषकका अनुसार अध्यक्ष प्रचण्ड र नेपाल दुवैले गठबन्धनको प्रमुख दल कांग्रेस तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई दबाबमा राखी बार्गेनिङ पावर बढाउन आफूलाई प्रधामन्त्रीको अफर आएको कृत्रिम दाबी गरेका हुन सक्छन् । आउने प्रतिनिधिसभाको निर्वाचनमा कांग्रेसले सिट भागबन्डामा कम सिट दिने संकेत देखाएपछि यतिखेर प्रचण्ड र नेपाल दुवै जना कांग्रेसलाई दबाबमा राखी आफ्नो पार्टीको भागमा पर्ने सिट संख्या वृद्धि गर्ने दाउमा रहेको बताइन्छ । त्यही दाउस्वरूप उनीहरूले प्रधानमन्त्रीको अफर आएको हल्ला आफै फैलाएको हुन सक्ने राजनीतिक विश्लेषकको दाबी छ ।

यद्यपि, प्रमुख सत्तारूढ दल कांग्रेसले भने प्रचण्ड र नेपालको चालबाजीलाई राम्रैसँग बुझेर त्यसलाई खासै ध्यान दिएको छैनन् । ‘यो उहाँहरूको चालबाजी भएकाले हामीले खासै ध्यान दिएका छैनौं, प्रतिनिधिसभाको सिट भागबन्डालाई यो विषयसँग हेर्न जरुरी छैन’, कांग्रेसका एक केन्द्रीय नेताले भने । एमालेका महासचिव शंकर पोखरेलले बिहीबार नै सामाजिक सञ्जालमार्फत यतिखेर एमाले सरकार परिवर्तनको कुनै खेलमा नलागेको स्पष्ट पारेका छन् । राजधानी दैनिकबाट 


प्रकाशित मिति: शुक्रबार, २० जेठ, २०७९, ०७:४६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९