काठमाडौंमा पुकार बम र रञ्जु दर्शना चुनाव लड्ने

काठमाडौंमा पुकार बम र रञ्जु दर्शना चुनाव लड्ने

काठमाडौं क्षेत्र न. ५ को सांसदमा रञ्जु दर्शना र क्षेत्र नं १ बाट विवेकशील नेपालीका संस्थापक नेता तथा अभियन्ता पुकार बमलाई प्रतिनिधिसभा सदस्यको चुनावमा


काठमाडौंमा पुकार बम र रञ्जु दर्शना चुनाव लड्ने

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहलाई जिताउँन सक्रिय रुपमा लागेको टीमले काठमाडौं क्षेत्र न. ५ को सांसदमा रञ्जु दर्शना र क्षेत्र नं १ बाट विवेकशील नेपालीका संस्थापक नेता तथा अभियन्ता पुकार बमलाई प्रतिनिधिसभा सदस्यको चुनावमा अगाडी बढाउने तयारी गरेकोछ ।

विवेकशील नेपालीका संस्थापक नेता तथा अभियन्ता पुकार बमले काठमाडौं क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यका लागि उठ्ने भएका छन्। अघिल्लो स्थानीय निर्वाचनमा यस क्षेत्रबाट विवेकशील साझाका तत्कालिन अध्यक्ष रवीन्द्र मिश्र उठेका थिए। उनी नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहसँग थोरै मतान्तरले पराजित भएका थिए।

‘इनफ इज इनफ’ को अभियान्ता समेत रहेका बमले सोही क्षेत्रबाट उम्मेदवारी घोषणा गरेका हुन्। उनले उम्मेदवारी घोषणा गर्दै भनेका छन्, ‘लुटतन्त्र विरुद्ध निर्णायक लडाई लड्न मुलुकभर आम युवा साथीहरूलाई समेत अपिल गर्दै यही वर्ष सम्पन्न हुन गइरहेको प्रतिनिधिसभाको निर्वाचनमा काठमाडौँ क्षेत्र नं १ (काठमाडौँ वडा न. १०, ११, २९, ३१) बाट मेरो उम्मेदवारी रहने घोषणा गर्दछु।’  १७ वर्ष संघर्ष गरेर अब सदनमा पुगेर नागरिकको आवाज सुनिने थलो बनाउन चाहेको बताएका छन्।

‘अब नागरिकका यी प्रश्न सोध्ने स्थान बदल्न चाहन्छु। म सडकबाट मात्र होइन सदनबाट नागरिकलाई साथ दिन चाहन्छु। सडकमा १७ वर्ष सङ्घर्ष गरेर अब सदनमा पुगेर सदनलाई नागरिकहरूको आवाज सुनिने थलो बनाउन चाहन्छु,’ उनले भनेका छन्, ‘म सबै निर्वाचन क्षेत्रहरूमा आ–आफ्नो ठाउँबाट लुटतन्त्रको प्रतिरोध गर्न युवाहरूलाई उम्मेदवारी दिन र नयाँ राजनीतिको जग बसाल्न नेतृत्व लिन पनि अपिल गर्दछु।’

यस्तै, काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहलाई जिताउँन सक्रिय रुपमा लागेको टीमले काठमाडौं ५ को सांसदमा रञ्जु दर्शनालाई अघि सार्ने तयारी गरेको छ । बालेन साहलाई काठमाडौंको मेयरमा जिताउँन लागिपरेको समुह प्रतिनिधिसभा निर्वाचनको मिति घोषणा नहुँदै संसदीय निर्वाचनमा होमिएको हो । यो समुहले काठमाडौंका सबै क्षेत्रमा निर्वाचनको मिति घोषणा हुनु अगावै उम्मेदवार अघि सार्ने तयारी गरेको छ ।

रञ्जु दर्शना २०७४ को निर्वाचनमा विवेकशील नेपाली दलका तर्फबाट काठमाडौं महानगरपालिकाको मेयरकी उम्मेदवार थिइन् भने पछिल्लो समय विवेकशील साझा पार्टीकी नेतृ रहेकी थिइन् । तर, विवेकशील साझा पार्टीमा विवाद शुरु भएसँगै विवेकशील साझा छाडेर उनी अहिले स्वतन्त्र रुपमा बसेकी छिन् । केही समयअघि विवाह बन्धनमा बाँधिएकी रञ्जु राजनीतिबाट टाढिने हुन् कि भन्ने आशंका रहिरहेका बेला उनी संसदीय निर्वाचनमा होमिन लागेकी हुन् ।

काठमाडौंको मेयरमा बालेन साहलाई जिताउन लागिपरेको टीमले नै रञ्जुलाई काठमाडौं क्षेत्र नं ५ को सांसदका रुपमा प्रस्ताव गरेपछि उनी उम्मेदवारीका लागि सकारात्मक बनेकी छिन् । काठमाडौं क्षेत्र नं ५ एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको निर्वाचन क्षेत्र हो । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महत पनि यही क्षेत्रबाट सांसदमा उठेका थिए । विवेकशील नेपाली दलका स्वर्गीय उज्जवल थापाले पनि संसदको चुनावमा यही क्षेत्रलाई रोजेका थिए । विवेकशील नेपाली दलबाटै राजनीति शुरु गरेर चर्चामा आएकी रञ्जु दर्शनाले उज्जवल थापाको राजनीतिबाट आफू प्रभावित रहेको बताउँदै आएकी छिन् ।


प्रकाशित मिति: शनिबार, २१ जेठ, २०७९, ०९:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९