बालेन्द्र साह र प्रचण्डबीच भेटवार्ता

बालेन्द्र साह र प्रचण्डबीच भेटवार्ता

शनिबार बिहान खुमलटारस्थित प्रचण्ड निवासमा पुगेर मेयर शाहले अध्यक्ष प्रचण्डलाई भेटेका हुन्।


 बालेन्द्र साह र प्रचण्डबीच भेटवार्ता

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेटेका छन् । शनिबार बिहान खुमलटारस्थित प्रचण्ड निवासमा पुगेर मेयर शाहले अध्यक्ष प्रचण्डलाई भेटेका हुन्।

भेटमा प्रचण्डले मेयर साहले सबैलाई मिलाएर सहकार्य गरिरहेकाले पाँच वर्षको कार्यकालमा साहलाई साथ र सहयोग गर्ने आश्वासन दिएका छन् ।उनले बालेन्द्रको जितलाई ठूलो क्रान्ति भएको बताए। उनले मेयर साहसँग भने,‘तपाईँको जित बहुत ठूलो क्रान्ति हो । पहिलेका स्वतन्त्र मेयरहरू कुनै एउटा पार्टीसँग अलाइन्स भएर अरू पार्टीलाई गाली गर्ने सिस्टम थियो तर तपाईले पहिलो पटक सबैलाई मिलाएर – सहकार्य गर्ने काम गरिरहनुभएको छ त्यो सहरानिय छ त्यसैले हजुरलाई हाम्रो सधैंभरी साथ र सहयोग हुनेछ।’

यसअघि मेयर साहले मतगणना जारी हुँदै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र केहीदिन अघि प्रधानमन्त्री शेर बहादुर देउवासँग भेट गरेका थिए ।


प्रकाशित मिति: शनिबार, २१ जेठ, २०७९, १०:१७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९