महानगरप्रमुख बालेन्द्र साह र मुख्यमन्त्री पाण्डेबीच भेट

महानगरप्रमुख बालेन्द्र साह र मुख्यमन्त्री पाण्डेबीच भेट

फोहरमैलाको व्यवस्थापन, सुशासन, सेवा प्रवाह र सम्पदा संरक्षणको विषयमा छलफल


महानगरप्रमुख बालेन्द्र साह र मुख्यमन्त्री पाण्डेबीच भेट

काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र शाह र बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेबीच भेटवार्ता भएको छ ।

मुख्यमन्त्री पाण्डे निवास स्वयम्भूमा आज बिहान भएको भेटमा काठमाडौँ महानगरभित्रको फोहरमैलाको व्यवस्थापन, सुशासन, सेवा प्रवाह र सम्पदा संरक्षणको विषयमा छलफल भएको मुख्यमन्त्री पाण्डेका प्रमुख स्वकीय सचिव ई उमेश रुपाखेतीले बताए । यस्तै, भेटमा आगामी दिनमा बागमती प्रदेश सरकार र महानगरले परिणाममुखी सहकार्य गर्ने विषयमा समेत छलफल भएको थियो । 

वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा काठमाडौँ महानगरपालिकाको प्रमुखमा निर्वाचित शाहले आफू निर्वाचित भएसँगै विभिन्न राजनीतिक दलका शीर्ष नेता एवं विभिन्न सरकारका प्रमुखसँग भेटवार्ता गर्दै आएका छन । 


प्रकाशित मिति: आइतबार, २२ जेठ, २०७९, १३:०५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९