गठबन्धन गरेर चुनाव जितेपनि देश बन्दैन : महासचिव पोखरेल

गठबन्धन गरेर चुनाव जितेपनि देश बन्दैन : महासचिव पोखरेल


गठबन्धन गरेर चुनाव जितेपनि देश बन्दैन : महासचिव  पोखरेल

ललितपुर, । नेकपा एमालेका महासचिव शंकर पोखरेलले गठबन्धन गरेर चुनाव जितिए पनि देश नबन्ने बताएका छन्।

एमाले पार्टी मुख्यालय ललितपुरमा आइतबार सहकारी तथा गरिवी निवारण विभागको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले भने, ‘दलहरुबीचको गठबन्धन चुनाव जित्नका लागि काम लागे पनि मुलुक निर्माणका लागि काम लाग्दैन ।’

उनले विदेशी मुद्राको सञ्चिती, मूल्यवृद्धि, रेमिट्यान्स लगायतका क्षेत्रमा देखिएका समस्याबाट गठबन्धनको हालत प्रस्ट हुने बताए ।

उनले भने, ‘एमाले भित्र पनि आगामी निर्वाचनमा गठबन्धन गरेर जानु पर्ने विषय चल्न थालेको छ, चुनाव जित्नका लागि गठबन्धन ठिक भएपनि मुलुक निर्माणका लागि गठबन्धन काम लाग्दैन ।’


प्रकाशित मिति: आइतबार, २२ जेठ, २०७९, १४:१२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९