एकीकृत समाजवादीमा मन्त्री हेरफेरबारे छलफल

एकीकृत समाजवादीमा मन्त्री हेरफेरबारे छलफल


एकीकृत समाजवादीमा मन्त्री हेरफेरबारे छलफल

काठमाडौं, । नेकपा एकीकृत समाजवादीको पार्टीबाट सरकारमा सहभागी मन्त्री हेरेफेरको विषयमा छलफल गरेको छ  ।

एकिकृत समाजवादीको आज बसेको सचिवालय बैठकमा  सरकारमा आफ्नो पार्टीबाट सहभागी मन्त्री परिवर्तनबारे छलफल भएको  उपमहासचिव गंगालाल तुलाधारले जानकारी दिए । 

‘मन्त्रीलाई छ महिनाका लागि सरकारमा पठाएका थियौं । त्यो पठाएको पुरा भइसक्यो, ’ उनले भने , ‘ शीर्ष नेताहरूबीचमा बसेर छलफल गरी समझदारी बनाउँछौं । कति हेरफेर गर्ने उहाँहरू शीर्ष नेताले नै गर्नुहुन्छ ।’

अहिले संघीय सरकारमा एक राज्यमन्त्रीसहित सो पार्टीबाट ५ जना मन्त्री छन् । शहरी विकासमा रामकुमारी झाक्री, पर्यटनमा प्रेमवहादुर आले, श्रममा किसान श्रेष्ठ र स्वास्थ्यमा विरोध खतिवडा मन्त्री रहेका छन् । 

यस्तै पार्टीले विपद् व्यवस्थापनको तयारीमा जुट्नका लागि नेता, कार्यकता र जनप्रतिनिधिलाई परिचालन गर्ने भएको छ ।

उनले यसबर्ष मनसुन सक्रिय भएको धेरै नै बर्षा हुने सम्भावना मौसमविद्ले प्रक्षेपण गरेकोले उनीहरुलाई विपद् व्यवस्थापनको पूर्व तयारीमा लाग्न निर्देशन दिएको बताए । 

उनले चाँडै नै पार्टीले स्थायी, पोलिटव्युरो र केन्द्रीय कमिटी बैठक वोलाउने बताए । 


प्रकाशित मिति: आइतबार, २२ जेठ, २०७९, १४:४६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९