रचनात्मक कामका लागि माओवादी केन्द्रका सदस्यबाट सय रुपैयाँ उठाइने

रचनात्मक कामका लागि माओवादी केन्द्रका सदस्यबाट सय रुपैयाँ उठाइने


रचनात्मक कामका लागि माओवादी केन्द्रका सदस्यबाट सय  रुपैयाँ उठाइने

काठमाडौँ, । नेकपा (माओवादी केन्द्र)ले पार्टी केन्द्रीय कार्यालय व्यवस्थित बनाउन एवं अन्य रचनात्मक कामका लागि खर्च जुटाउने उद्देश्यका साथ पार्टीका सबै सदस्यबाट रु १०० का दरले लेवी उठाउने भएको छ ।

माओवादीका देशभर कूल आठ लाख पार्टी सदस्य छन् । त्यसबाट रु आठ करोड बराबरको रकम सङ्कलन हुनेछ ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा आज बसेको पार्टीका पूर्वस्थायी समितिका सदस्यको बैठकले पार्टीको कार्यालय विस्तार तथा व्यवस्थापनका लागि एकपटकका लागि उक्त परिमाणमा रकम सङ्कलन गर्ने निर्णय गरेको हो ।

बैठकमा मुलुकको समसामयिक राजनीतिक विषयका अलावा हालै सम्पन्न स्थानीय तहको निर्वाचन, पार्टीका अन्य कामलगायत विषयमा छलफल भएको थियो ।

माओवादी नेता हरिबोल गजुरलेका अनुसार समसामयिक राजनीतिक विषयका अलावा पार्टीको भ्रातृ सङ्गठन अखिल (क्रान्तिकारी) भित्र देखिएको केही असन्तुष्टिका बारेसमेत छलफल भएको थियो ।

गत पुसमा माओवादीले आठौँ महाधिवेशन सम्पन्न गरेको भए पनि हालसम्म पदाधिकारी चयन हुन सकेका छैनन् । त्यसबारेमा पनि बैठकमा सामान्य चर्चा परिचर्चा भएको बताइएको छ ।

पदाधिकारी छिट्टै टुङ्गोमा पु¥याएर पार्टीको सङ्गठन विस्तार तथा सङ्घीय र प्रदेशसभाको निर्वाचनमा केन्द्रित हुने माओवादीले स्पष्ट पारेको छ । 


प्रकाशित मिति: आइतबार, २२ जेठ, २०७९, १५:०२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९