एकीकृत समाजवादीले आफ्ना मन्त्री हेरफेर गर्ने

एकीकृत समाजवादीले आफ्ना मन्त्री हेरफेर गर्ने


एकीकृत समाजवादीले आफ्ना मन्त्री हेरफेर गर्ने

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले कांग्रेस सभापति शेरवहादुर देउवा नेतृत्वमा रहेका मन्त्रीहरु फेर्ने भएको छ । आज बसेको सचिवालय बैठकले मन्त्रीहरुको कार्यशैली सन्तोषजनक नभएकोले मन्त्री फेर्ने निर्णय गरेको हो । 

समाजवादीका  नेता झलनाथ  खनालले पार्टीको सचिवालय बैठकले अहिले रहेको मन्त्रीहरुलाई फिर्ता बोलाउने र सरकारमा नयाँ नाम पठाउने बताए ।

‘मन्त्री परिवर्तन गर्ने निर्णय भएको छ ।  पुराना साथीहरु अहिले सरकारमा रहेकाहरु फिर्ता आउने र नयाँ साथीहरु सरकारमा जानु हुन्छ’ उनले भने ।

देउवा मन्त्रिपरिषदमा समाजवादीबाट स्वास्थ्यमन्त्री विरोध खतिवडा, शहरी विकासमन्त्री रामकुमारी झाँक्री, पर्यटनमन्त्री प्रेम आले र श्रममन्त्री किसान श्रेष्ठ तथा खापुङ स्वास्थ्य राज्यमन्त्री रहेका छन् ।


प्रकाशित मिति: आइतबार, २२ जेठ, २०७९, १६:०७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९