एकीकृत समाजवादीले यी नयाँ अनुहारलाई मन्त्री बनाउँदै

एकीकृत समाजवादीले यी नयाँ अनुहारलाई मन्त्री बनाउँदै


एकीकृत समाजवादीले यी नयाँ अनुहारलाई मन्त्री बनाउँदै

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले कांग्रेस सभापति शेरवहादुर देउवा नेतृत्वमा रहेका मन्त्रीहरु फेर्ने भएको छ । आज बसेको सचिवालय बैठकले मन्त्रीहरुको कार्यशैली सन्तोषजनक नभएकोले मन्त्री फेर्ने निर्णय गरेको हो । 

स्रोतका अनुसार माधवकुमार नेपाल नयाँ मन्त्रीको नाम लिएर बालुवाटार गइसकेका छन् । नयाँ मन्त्रीहरुमा पर्यटनमा जीवनराम श्रेष्ठ, शहरीमा मेटमणि चौधरी, श्रममा शेरबहादुर कुँबर र स्वास्थ्यराज्यमन्त्रीमा हिरा केसी रहेका छन् । अहिलेका स्वास्थ्यराज्यमन्त्री भवानी  खापुङलाई भने स्वास्थ्य मन्त्रीका रुपमा बढुवा गरिने छ । 

एकीकृत समाजवादीले अहिलेका मन्त्रीलाई छ महिना मन्त्री बनाउने सहमति गरेको र ति मन्त्रीको कार्यशैली सन्तोषजनक नभएर नयाँ मन्त्री पठाउन थालेको हो । 

देउवा मन्त्रिपरिषदमा समाजवादीबाट स्वास्थ्यमन्त्री विरोध खतिवडा, शहरी विकासमन्त्री रामकुमारी झाँक्री, पर्यटनमन्त्री प्रेम आले र श्रममन्त्री किसान श्रेष्ठ तथा खापुङ स्वास्थ्य राज्यमन्त्री रहेका छन् ।


प्रकाशित मिति: आइतबार, २२ जेठ, २०७९, १६:१७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९