काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले पार्टीबाट नयाँ मन्त्रीको नाम बुझाएको छ ।
पार्टीको आज बसेको सचिवालयको बैठकले सरकारमा सहभागी भएका मन्त्रीलाई फिर्ता वोलाउँदै नयाँ नाम पठाएको हो । पार्टी अध्यक्ष माधवकुमार नेपाल प्रधानमन्त्री शेरवहादुर देउवालाई नयाँ मन्त्रीको नाम बुझाएका हुन् ।
नयाँ मन्त्रीहरुमा पर्यटनमा जीवनराम श्रेष्ठ, शहरीमा मेटमणि चौधरी, श्रममा शेरबहादुर कुँबर र स्वास्थ्यराज्यमन्त्रीमा हिरा केसी रहेका छन् । अहिलेका स्वास्थ्यराज्यमन्त्री भवानी खापुङलाई भने स्वास्थ्य मन्त्रीका रुपमा बढुवा गरिने छ ।
एकीकृत समाजवादीले अहिलेका मन्त्रीलाई छ महिना मन्त्री बनाउने सहमति गरेको र ति मन्त्रीको कार्यशैली सन्तोषजनक नभएर नयाँ मन्त्री पठाएको हो ।
देउवा मन्त्रिपरिषदमा समाजवादीबाट स्वास्थ्यमन्त्री विरोध खतिवडा, शहरी विकासमन्त्री रामकुमारी झाँक्री, पर्यटनमन्त्री प्रेम आले र श्रममन्त्री किसान श्रेष्ठ तथा खापुङ स्वास्थ्य राज्यमन्त्री रहेका छन् ।
नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।
बानेश्वर ३१, काठमाडौँ
९८५११५५७९६
nepalcharchanews@gmail.com
अध्यक्ष : द्वारिकाप्रसाद न्याैपाने
सम्पादक : शरदकुमार शर्मा
प्रमुख कार्यकारी अधिकृत : सुशिला गाैतम
राइज नेपाल मिडिया प्रालि
सुचना बिभाग दर्ता नं. : ३३१०-२०७८/७९