मन्त्री हेरफेर नियमित प्रक्रिया : अध्यक्ष नेपाल

मन्त्री हेरफेर नियमित प्रक्रिया : अध्यक्ष नेपाल


मन्त्री हेरफेर नियमित प्रक्रिया : अध्यक्ष नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मन्त्रिपरिषद् हेरफेर नियमित प्रक्रिया भएको बताएका छन् । निर्णयबारे पत्रकारहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष नेपालले मन्त्री बनाउने बेलामै ६ महिनाका लागि भन्ने तय गरिएको बताए ।

‘उहाँहरूलाई बनाउँदै ६ महिनाका लागि भनेका थियौं । यो नियमित प्रक्रिया हो’, नेपालले भने । पार्टी अध्यक्ष  नेपाल प्रधानमन्त्री शेरवहादुर देउवालाई नयाँ मन्त्रीको नाम बुझाएका हुन् । 

नयाँ मन्त्रीहरुमा पर्यटनमा जीवनराम श्रेष्ठ, शहरीमा मेटमणि चौधरी, श्रममा शेरबहादुर कुँबर र स्वास्थ्यराज्यमन्त्रीमा हिरा केसी रहेका छन् । अहिलेका स्वास्थ्यराज्यमन्त्री भवानी  खापुङलाई भने स्वास्थ्य मन्त्रीका रुपमा बढुवा गरिने छ । 

एकीकृत समाजवादीले अहिलेका मन्त्रीलाई छ महिना मन्त्री बनाउने सहमति गरेको र ति मन्त्रीको कार्यशैली सन्तोषजनक नभएर नयाँ मन्त्री पठाएको हो । 

देउवा मन्त्रिपरिषदमा समाजवादीबाट स्वास्थ्यमन्त्री विरोध खतिवडा, शहरी विकासमन्त्री रामकुमारी झाँक्री, पर्यटनमन्त्री प्रेम आले र श्रममन्त्री किसान श्रेष्ठ तथा खापुङ स्वास्थ्य राज्यमन्त्री रहेका छन् ।


प्रकाशित मिति: आइतबार, २२ जेठ, २०७९, १७:१८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९