समाजवादीले निर्वाचनमा स्थानीय तहको प्रतिवेदन तयार पार्न सात नेतालाई जिम्मेवारी तोक्यो

समाजवादीले निर्वाचनमा स्थानीय तहको प्रतिवेदन तयार पार्न सात नेतालाई जिम्मेवारी तोक्यो


समाजवादीले निर्वाचनमा स्थानीय तहको प्रतिवेदन तयार पार्न  सात नेतालाई जिम्मेवारी तोक्यो

 काठमाडौँ, । नेकपा (एकीकृत समाजवादी)ले स्थानीय तहको निर्वाचनको समिक्षा गरि प्रतिवेदन तयार पार्नका लागि सातवटै प्रदेशमा सात जनालाई जिम्मेवारी दिएको छ ।

हिजो र आज बसेको सचिवालय बैठकले आजको  पाँच दिनभित्र हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा पार्टीको भूमिका र गठबन्धनको भूमिकाको सम्बन्धमा यथार्थपरक सूचनाहरु मातहत कमिटीबाट प्राप्त गरी तथ्यसंगत र यथार्थपरक विष्लेशण गरी समिक्षा प्रतिवेदन तयार गर्न निर्णय गरेको हो । प्रतिवेदन  स्थायी कमिटीको बैठकमा पेश गरिने छ ।

उपमहासचिव गंगालाल तुलाधारका अनुसाुर प्रदेश नं. १ मा जयन्ती राई, मधेस प्रदेशमा रामचन्द्र झा,बागमती प्रदेशमा. गंगालाल तुलाधर,. गण्डकी प्रदेशमा प्रमेश हमाल, लुम्बिनी प्रदेशमा. बिजय पौडेल, कर्णाली प्रदेशमा  प्रकाश ज्वाला र सुदूरपश्चिम प्रदेशमा बेदुराम भुसाल रहेका छन् । 

बैठकले हालै सम्पन्न स्थानिय तहको निर्वाचनमा विजयी सम्पूर्ण मेयर÷उपमेयर, अध्यक्ष÷उपाध्यक्ष, जिल्ला समन्वय प्रमुख÷उपप्रमुख र वडा अध्यक्षहरुको लागि अभिमूखीकरण गर्ने उद्देश्यले आगामी असार ४ र ५ गते काठमाडौंमा ‘राष्ट्रिय अभिमूखिकरण कार्यक्रम’ गर्ने निर्णय गरिएको  छ । 


प्रकाशित मिति: आइतबार, २२ जेठ, २०७९, २१:४७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९