मन मिलेसम्म 'लभ', नमिले 'बलात्कार' भन्ने प्रवृत्ति बढ्यो : सांसद गंगा चौधरी

मन मिलेसम्म 'लभ', नमिले 'बलात्कार' भन्ने प्रवृत्ति बढ्यो : सांसद गंगा चौधरी


मन मिलेसम्म 'लभ', नमिले 'बलात्कार' भन्ने प्रवृत्ति बढ्यो : सांसद गंगा चौधरी

नेकपा एमालेकी सांसद गंगा चौधरी सत्गौँवाले यौन हिंसाको मुद्दामा हदम्याद राख्नुपर्ने बताएकी छन्। प्रतिनिधिसभा बैठकमा यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथिको प्रारम्भिक छलफलमा बोल्दै सांसद चौधरीले हदम्याद राखिएन भने मुद्दाको चाङ लाग्ने बताइन्।

पूर्वसभामुख कृष्णबहादुर महरा र पल शाह प्रकरणको उदाहरण दिंदै उनले हदम्याद नराख्दा जबसम्म मन मिल्यो ‘लभ’ भन्ने स्वार्थ नमिलेपछि ‘बलात्कार’को संज्ञा दिने प्रवृत्ति बढ्ने बताइन्।  ‘यसभन्दा पहिले पनि सम्मानित सदनमा बसेका पूर्वसभामुखको घटना पनि हामीले हेरेका छौं। जबसम्म स्वार्थ मिल्यो केही कसैलाई पत्तो भएन। जब स्वार्थ मिलेन त्यो ठाउँमा बलात्कारको संज्ञा दिएर उहाँलाई ६/६ महिनासम्म जेलमा कोचियो। यो कुरा हामीले भुल्नु हुँदैन।’

संसद सचिवालयकै कर्मचारीबाट बलात्कारको आरोप लागेपछि पूर्वसभामुख महरा ६ महिना जेल बसेपछि अदालतबाट सफाइ पाएका थिए।  ‘मलाई महिला भएर महिलाको विरुद्धमा बोल्यो नभन्नुस्। म एउटा सांसद हुँ, देशको लागि कानुन निर्माण गर्न आएका छौं। यो कुरा बुझ्नुपर्छ, यो हेक्काको साथ मैले यो कुरा राखिराखेको छु’ चौधरीले भनिन्।

पुरुषको पीडा कस्ले बोल्ने भन्दै उनले सबै महिला पीडित नहुने बताइन्। 'धेरैजसो महिला पीडित छन् तर केही पुरुष पनि पीडित छन् भन्ने कुरा हामीले बुझ्नुपर्छ', उनले भनिन्।  


प्रकाशित मिति: सोमबार, २३ जेठ, २०७९, १४:१५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९