रामचन्द्र पौडेललाई सिर्जना सिंहको प्रश्न- गोरखामा जेल पर्दा मेरो सहयोग बिर्सनुभयो ?

रामचन्द्र पौडेललाई सिर्जना सिंहको प्रश्न- गोरखामा जेल पर्दा मेरो सहयोग बिर्सनुभयो ?


रामचन्द्र पौडेललाई सिर्जना सिंहको प्रश्न- गोरखामा जेल पर्दा मेरो सहयोग बिर्सनुभयो ?

काठमाडौं । नेपाली कांग्रेसका रिष्ठ नेता रामचन्द्र पौडेलको अभिव्यक्तिको सिर्जना सिंहले खण्डन गरेकी छन् । वंशवादका आधारमा टिकट वितरण हुँदा काठमाडौं महानगरपालिकाको मेयरमा नेपाली कांग्रेस हारेको वरिष्ठ नेता पौडेलको अभिव्यक्ति दिएका थिए । नेता पौडेको उक्त अभिव्यक्तिप्रति कांग्रेसबाट पराजित काठमाडौं महानगरकी उम्मेदवार सिंहले खण्डन गरेकी हुन् ।

उनले आफ्नो राजनीतिक पृष्ठभूमि बिर्सेको हो भनी प्रश्न समेत गरेकी छन् । आफ्नो राजनीतिक पृष्ठभूमिबारे जानकार पौडेलले गरेको टिप्पणी सुहाउँदो नभएको पनि उनको भनाई छ ।उनले सामाजिक सञ्जालमा लेखेकी छन्– ‘मेरो राजनीतिक यात्रा प्रकाशमानले भन्दा तपाईंले पैला चिन्नुभएको थाहा पाउनु भएको ९हामी छिमेकी जिल्लाबासी पनि। मेरो बिहेअघि तपाईं गोरखामा जेल पर्नु हुँदाको समयमा मेरो साथ र सहयोग बिर्सनुभएको हो दाईरु यो कुरा तपाईंको मुखबाट आउँदा, भन्दा अली सुहाएन की दाई ।’

नेपाली कांग्रेसले वैशाख ३० मा भएको स्थानीय चुनावबारे औपचारिक रूपमा समीक्षा गरिसकेको छैन । काठमाडौं महानगरमा सत्ता गठबन्धनसँग मिलेर कांग्रेसले संयुक्त उम्मेदवारी दिए पनि नतिजा आफ्नो हातमा पार्न सकेको थिएन । स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह निर्वाचित भएका थिए ।


प्रकाशित मिति: सोमबार, २३ जेठ, २०७९, १६:१०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९