सांसद यज्ञ बहादुर बोगटीद्वारा अछामका सिडियो विश्वराज मराशैनी र डिएसपी रवि थपलियाको निलम्बन माग

सांसद यज्ञ बहादुर बोगटीद्वारा अछामका सिडियो विश्वराज मराशैनी र डिएसपी रवि थपलियाको निलम्बन माग

१५ वर्षिय बालक विनोद शाहीको हत्यामा संलग्नलाई कारबाहीको माग


 सांसद यज्ञ बहादुर बोगटीद्वारा अछामका सिडियो विश्वराज मराशैनी र डिएसपी रवि थपलियाको निलम्बन माग

अछामको पञ्चदेवल विनायक नगरपालिका–४ का १५ वर्षिय बालक विनोद शाहीको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै सांसद यज्ञ बहादुर बोगटीले डिएसपी रवि थपलिया र सिडियो विश्वराज मराशैनीको निलम्बन माग गरेका छन् । 

बोगटीले आज प्रतिनिधिसभा बैठकमा बोल्दै अछामको पञ्चदेवल विनायक नगरपालिका–४ मा बैशाख ३० गतेदेखि प्रहरी प्रशासनको आतंक पटकपटक भइरहेको बताए। उनले भने 'डिएसपी रवि थपलिया र सिडियो विश्वराज मराशैनीको नेतृत्वमा एमालेका नेता कार्यकर्ता खोजीखोजी तर्साउने र धम्काउने तथा महिलामाथि ज्याददी र बालबालिकालाई पनि हातपात गरिएको छ'। बोगटीले यो कार्य निन्दनीय भएको भन्दै यस घटनामा संलग्न प्रहरी र सिडियोलाई तत्काल निलम्बन गर्न पनि माग गरेका छन । 

'प्रहरीको घेरामा रहेको गाउँबाट १५ बर्षिय बालक विनोद शाही गायव हुन्छन  र उनको हत्या गरिएर शव भेट्टिन्छ तर अहिलेसम्म पनि त्यस घटनामा प्रहरीले जाहेर समेत लिन मानेको छैन । डिएसपी र सिडियोको निलम्बनका लागि सभामुख मार्फत सरकारसँग जोडदार माग गर्न चाहान्छु' बैठकमा बोगटीले भने । 


प्रकाशित मिति: सोमबार, २३ जेठ, २०७९, १८:२४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९