सातामा दुई दिन बिदा दिने निर्णय खारेज, अब आइतबार बिदा नहुने

सातामा दुई दिन बिदा दिने निर्णय खारेज, अब आइतबार बिदा नहुने


सातामा दुई दिन बिदा दिने निर्णय खारेज, अब आइतबार बिदा नहुने

निर्णय गरेको महिना दिन नबित्दै सरकार सातामा दुई दिन बिदा दिने निर्णयबाट पछि हटेको छ। सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले असार १ गतेदेखि लागु हुने गरि आइतबार पनि बिदा दिने निर्णय खारेज गरेको हो। 

सरकारले इन्धन खपत कम गर्ने भन्दै गत जेठ १ गतेदेखि सातामा दुई दिन शनिबार र आइतबार बिदा दिँदै आएको थियो। तर दुई दिन बिदाले सरकारी कार्यालयबाट प्रवाह हुने सेवा प्रभावित भएको, बिदाको दिनमा समेत सरकारी सवारी चल्दा इन्धनको खपत कम हुन नसकेको भन्दै आलोचना भइरहेको थियो।

हप्तामा दुई दिन बिदा दिने निर्णय खारेजको माग गर्दै सोमबार मात्र सर्वोच्च अदालतमा रिट दायर भएको थियो। रिट निवेदनमाथि भोलिका लागि पेसी तोकिएको सर्वोच्च अदालतले जनाएको छ । 


प्रकाशित मिति: सोमबार, २३ जेठ, २०७९, १९:१३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९