एमालेले पनि स्थानीय तहका प्रमुख र उपप्रमुखलाई प्रशिक्षण दिने

एमालेले पनि स्थानीय तहका प्रमुख र उपप्रमुखलाई प्रशिक्षण दिने


 एमालेले पनि स्थानीय तहका प्रमुख र उपप्रमुखलाई प्रशिक्षण दिने

काठमाडौं , । नेकपा एमालेले स्थानीय तहका निर्वाचित प्रमुख  र उप–प्रमुखलाई दुई दिने प्रशिक्षण दिने भएको छ ।

आगामी असार २ र ३ गते काठमाडौंमा सम्पूर्ण प्रमुख र उप(प्रमुखहरुलाई बोलाउने निर्णय भएको केन्द्रीय कार्यलय सचिव डा। भिष्म अधिकारीले जानकारी दिए ।

कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रशिक्षण दिनु हुनेछ । त्यस्तै पूर्व अर्थमन्त्री तथा नेताहरुले नीति कार्यक्रम र बजेट निर्माणका विषयमा प्रशिक्षण दिनु हुनेछ ।

एमालेले आफना सवै प्रमुख र उपप्रमुखलाई पार्टी  केन्द्रले घोषणापत्रमा राखेका र आफूले स्थानीय स्थरका  प्रतिवद्धता पत्रमा राखेका कार्यक्रमहरुलाई प्राथमिकतामा राख्न निर्देशन दिने भएको छ ।

स्थानीय तहले असार १० गतेसम्ममा नीति कार्यक्रम बजेट सार्वजनिक गरिसक्नु पर्ने सवैधानिक व्यवस्था छ ।

यसअघि नेकपा (माओवादी केन्द्र)ले स्थानीय तहका प्रमुख र उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्षलाई  प्रशिक्षण दिइसकेको छ । नेकपा (एकीकृत समाजवादी)ले पनि स्थानीय तहमा निर्वाचित प्रमुख र उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्षलाई प्रशिक्षण दिने भएको छ ,

 


प्रकाशित मिति: सोमबार, २३ जेठ, २०७९, २०:४६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९