लुम्बिनी विकास बैंक र अन्नपूर्ण केबुलकारबीच सम्झौता

लुम्बिनी विकास बैंक र अन्नपूर्ण केबुलकारबीच सम्झौता


लुम्बिनी विकास बैंक र अन्नपूर्ण केबुलकारबीच सम्झौता

लुम्बिनी विकास बैंक लि. ले पोखरास्थित अन्नपूर्ण केबुलकारमा आफ्ना ग्राहक महानुभावहरुलाई केबुलकार सेवामा छुट दिनको लागि सम्झौता गरेको छ ।

सम्झौतामा उल्लेख भए अनुसार लुम्बिनी विकास बैंकका ग्राहकहरुलाई डेबिट कार्ड तथा मोबाइल बैकिङ सेवा प्रयोग गरि अन्नपूर्ण केबुलकारको टिकट लिए वापत भुक्तानी गर्दा १०% छुट प्रदान गर्ने छ। पोखराको सेदीदेखी सारङकोटसम्म सञ्चालनमा आएको केबुलकार पर्यटकको आकर्षक गन्तब्य बनेको कम्पनीले जनाएको छ ।

यस बिकास बैंकले देशका ७ वटै प्रदेशमा ८६ वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ। बैंकले “निरन्तर सहयात्रा”भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ । ग्राहकहरुलाई अधिकतम प्रतिफलदिने उद्धेश्यले बैंकले मुद्दती खातामा“मासिक” रुपमा ब्याज प्रदान गर्ने बिशेष योजना समेत कार्यान्वयन माल्याएको छ ।


प्रकाशित मिति: मंगलबार, २४ जेठ, २०७९, २०:२१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९