युवा संघको प्रदर्शनमा प्रहरीले लाठी चार्ज

युवा संघको प्रदर्शनमा प्रहरीले लाठी चार्ज


युवा संघको प्रदर्शनमा प्रहरीले लाठी चार्ज

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले यातायात साधनको अनिवार्य इम्बोस्ड नम्बर प्लेट जडान नगरे कारबाही गर्ने चेतावनीपछि प्रदर्शन गरेको छ ।

मंगलबार काठमाडौंको नयाँ बानेश्वरमा युवा संघका कार्यकर्ताहरुले सवारी साधनको इम्बोस्ड नम्बर प्लेटको अस्वाभाविक मूल्‍य र सरकारको अव्‍यवहारिक रवैयाविरुद्ध प्रदर्शन गरेको हो ।

उनीहरुले कालो ब्‍यानरमा ‘राष्ट्रघाती गोठालाहो, इम्बोस्ड नम्बर घोटाला हो’, लिपी मास्न पाइदैन, इम्बोस्ड नम्बर चाहिँदैन’ लगायतका नारा जुलुस प्रदर्शनका क्रममा नयाँ बानेश्वरमा प्रहरीले लाठीचार्ज गरेको छ ।

नयाँ बानेश्वरको एभरेष्ट होटल अगाडि युवा संघका कार्यकर्तामाथि प्रहरीले लाठी प्रहार गरेको हो ।

इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरेको विरोधमा युवा संघले गरेको प्रदर्शनका क्रममा प्रदर्शनकारीले सरकारी गाडी रोकेपछि प्रहरीले लाठीचार्ज गरेको हो ।


प्रकाशित मिति: मंगलबार, २४ जेठ, २०७९, २१:०२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९