समयमा पाठ्यपुस्तक छाप्न र विद्यार्थीलाई उपलब्ध गराउन नसक्ने हो भने जनक शिक्षा सामग्री केन्द्र खारेज गरौं - नविना लामा

समयमा पाठ्यपुस्तक छाप्न र विद्यार्थीलाई उपलब्ध गराउन नसक्ने हो भने जनक शिक्षा सामग्री केन्द्र खारेज गरौं - नविना लामा


समयमा पाठ्यपुस्तक छाप्न र विद्यार्थीलाई उपलब्ध गराउन नसक्ने हो भने जनक शिक्षा सामग्री केन्द्र खारेज गरौं - नविना लामा

नयाँ शैक्षिक सत्र सुरु भइसकेको दुई महिना पूरा हुन लाग्दासमेत विद्यार्थीले पाठ्यक्रम पाएका छैनन् । जसकारण पाठ्यपुस्तक छाप्ने र वितरण गर्ने जिम्मेवारी पाएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेड खारेज गर्न माग गरिएको हो 

बिहीबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसद नविना लामाले बेलैमा पाठ्यपुस्तक छाप्न र विद्यार्थीलाई उपलब्ध गराउन नसक्ने हो भने जनक शिक्षा सामग्री केन्द्र लिमिटेड खारेज गर्नुपर्ने बताएकी हुन् । 

‘अहिले कक्षा ६ र ८ को पाठ्यपुस्तक अभाव छ । जनक शिक्षाले बेलैमा पाठ्यपुस्तक छाप्न र वितरण गर्न सक्दैन भने किन लगानी गर्ने ? किन खर्च गर्ने ? उनीहरु जवाफदेही हुनुपर्दैन,’ उनले भनिन्, ‘पाठ्यपुस्तक दिन नसक्ने जनक शिक्षा खारेज गरौँ । अब निजी क्षेत्रलाई पाठ्यपुस्तक छाप्ने र वितरण गर्ने जिम्मा दिऔँ ।’
  


प्रकाशित मिति: बिहिबार, २६ जेठ, २०७९, ११:५८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९