प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।
बिहीबार दिउँसो सत्ता गठबन्धनका तीन प्रमुख नेताहरुबीच सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको हो ।
उनीहरुबीच आउँदो निर्वाचन, मन्त्रिपरिषद् हेरफेर र पछिल्लो राजनीतिक अवस्था बारे छलफल भएको हो । एकीकृत समाजवादीले ४ मन्त्रीलाई सरकारबाट फिर्ता बोलाएर नयाँ मन्त्री सिफारिस गर्ने तयारी गरेको छ ।
मन्त्री फेर्न बिषयमा प्रधानमन्त्री देउवा सकरात्मक रहेको बताइएको छ । एकिकृत समाजवादीबाट नयाँ मन्त्रीमा जीवनराम श्रेष्ठ, शेरबहादुर कुँवर, भवानी खापुङ र मेटमणि चौधरीको चर्चा छ ।
नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।
बानेश्वर ३१, काठमाडौँ
९८५११५५७९६
nepalcharchanews@gmail.com
अध्यक्ष : द्वारिकाप्रसाद न्याैपाने
सम्पादक : शरदकुमार शर्मा
प्रमुख कार्यकारी अधिकृत : सुशिला गाैतम
राइज नेपाल मिडिया प्रालि
सुचना बिभाग दर्ता नं. : ३३१०-२०७८/७९