शंकाको घेरामा गृहमन्त्री, संसदमैं मागियो राजीनामा!

शंकाको घेरामा गृहमन्त्री, संसदमैं मागियो राजीनामा!


शंकाको घेरामा गृहमन्त्री, संसदमैं मागियो राजीनामा!

प्रमुख प्रतिपक्षको लगातारको अवरोधका कारण झण्डै एक वर्षसम्म अवरुद्ध भएको संघीय संसद निर्वाचनलगत्तै आह्वान भएको बजेट अधिवेशनपछि सुचारु भएको छ । संसदले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट पारित गर्नेछ । बजेटमाथिको सैद्धान्तिक छलफलपछि सांसदहरुले बिनोयोजन विधेयकमाथि धारणा राख्ने क्रम अहिले जारी छ ।

छलफलमा भाग लिने क्रममा सांसदहरुले मुलुकका जल्दाबल्दा समस्याका विषयमा पनि सरकार, विभागीय मन्त्रालय र सम्बन्धित मन्त्रीलाई कडा प्रश्न राखिरहेका छन् । सांसदहरुका यस्ता प्रश्न अधिकांश गृहमन्त्री बालकृष्ण खाँणतर्फ सोझिएका छन् । शान्ति सुरक्षाका सम्बन्धमा उनीहरुले गृहमन्त्रीसँग जवाफ पनि मागिरहेका छन् ।

स्थानीय चुनावमा भएका शान्ति सुरक्षासँग सम्बन्धित विषय, विभिन्न जिल्लामा घटेका हत्या हिंसाका घटना आदिलाई लिएर संसदमा गृहमन्त्री खाँणको चर्को आलोचनासमेत भइरहेको छ । शान्ति सुरक्षा कायम गर्न असफल रहेको भन्दै कतिपय सांसदले गृहमन्त्रीको राजीनामा पनि मागेका छन् ।

मुख्यगरी बर्दिया, अछाम, रोल्पा, बाजुरालगायत जिल्लामा भएको घटनाबारे एमालेका सांसदहरूले आपत्ति जनाएका छन् । उनीहरुले गृहमन्त्रीसँग ती जिल्लामा भएका घटनाको यथार्थ अवस्था बताउन माग गरेका छन् ।

अस्तिको बैठकमा एमाले सांसद यज्ञ बोगटीले अछामको पञ्चदेवल विनायक नगरपालिका–४ का विनोद शाहीको मृत्यु प्रकरणलाई लिएर गृहमन्त्रीको चर्को आलोचना गर्दै सत्यतथ्य छानबिनको माग गरेका थिए।

प्रहरीले उजुरीसमेत लिन नमान्नु सामान्य विषय नहुने भन्दै उनले गृहमन्त्रीले यसबारे सदनलाई जानकारी गराउन जोडदार माग राखेका थिए । जवाफमा गृहमन्त्री खाँणले प्रहरीले जाहेरी लिने विश्वास दिलाए । उक्त घटनाको छानबिन गर्न सभामुख अग्नि सापकोटाले सरकारलाई निर्देशनसमेत दिए थिए ।

एमालेकै सांसद गंगा चौधरीले पनि बर्दियामा गोली लागेर नवीना थारुको मृत्यु भएको घटनाबारे गृहमन्त्रीलाई कडा प्रश्न गरे। ‘थारु गाउँमा सरकारले गोली किन हान्छ?’, हिजोको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सोधे । जवाफ दिने क्रममा गृहमन्त्रीले जाति विशेषलाई लक्षित गरी प्रहरीले गोली नहानेको र सरकारले प्रहरीलाई त्यस्तो आदेश पनि नदिइएकोमा आश्वस्त पारे ।

हिजोकै बैठकमा एमालेका अर्का सांसद आशाकुमारी विकको प्रश्न पनि गृहमन्त्रीतिरै तेर्सियो । देशभर बलात्कारका घटना बढेको र रोल्पा कारागारभित्र सुन्दर हरिजनको रहस्यमय मृत्यु भएको घटनाले सरकार शान्ति सुरक्षा कायम गर्न असफल देखिएको भन्दै उनले गृहमन्त्रीलाई प्रश्न गरे, ‘बलात्कार र हिंसाका घटना टुलुटुलु हेरेर बस्ने गृहमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनु पर्दैन?’

काँग्रेसका प्रभावशाली नेतासमेत रहेका गृहमन्त्री खाँण प्रधानमन्त्री शेरबहादुर देउवाका विश्वासपात्रका रुपमा चिनिन्छन । २०७८ असार २९ गते देउवा प्रधानमन्त्रीमा नियुक्त भएकै दिन सानो आकारको क्याबिनेट गठन हुँदा खाँण पहिलो रोजाइमा परेको थियो ।

पहिले रक्षामन्त्री भएर काम गरेको अनुभवसमेतका आधारमा उनले कुशलतापूर्वक गृहमन्त्रालय हाँक्ने अपेक्षा धेरैले गरेका थिए । तर, सांसदहरुले उठाएका प्रश्नले त्यसअनुसार कार्यसम्पादनमा गृहमन्त्री चुकेको त होइन ? भन्ने प्रश्न पनि उठेको छ ।

शान्तिसुरक्षाको विषयमात्रै होइन प्रहरीको सरुवा बढुवामा पनि गृहमन्त्री विवादमुक्त छैनन्। आईजीपी नियुक्तिदेखि एआइजी र डिआईजी बढुवामा उत्पन्न विवादले उनJको भूमिका र निर्णय क्षमतामाथि धेरैले शंका गर्न थालेका हुन् ।


प्रकाशित मिति: शुक्रबार, २७ जेठ, २०७९, ०८:०६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९